वामपन्थी लेखक संघबारे विचार

0
153
                      अरूहरूले पहिले नै सबिस्तार भनिसकेका विषयहरूबारे फेरि बोलिरहन म आवश्यक ठान्दिन । मेरो विचारमा आज ‘वामपन्थी लेखकहरू’ले ‘दख्खिनपन्थी’ मा फेरिनु सजिलो छ । सबभन्दा पहिले, ऐनाका झ्यालहरू थुनेको कोठाभित्र वास्तविक सामाजिक संघर्षहरूबाट अलग्ग रही लेख्ता र अध्ययन गर्दा आफू बामपन्थी वा अतिक्रान्तिकारी हुनु सजिलो छ । तर वास्तविकताको अघिल्तिर पर्ने बित्तिक्कै आफ्ना सारा विचारहरू चकनाचुर हुन्छन् । ढोका लाइएका कोठाभित्र क्रान्तिकारी भावनाहरू पोख्नु सजिलो छ तर ‘दख्खिनपन्थी’ हुनु पनि सजिलै छ । पाश्चात्य मुलुकमा ‘कोठे समाजवादी‘ (सेलोन सोसेलिस्ट) भन्नुको अर्थ यही हो । सेलोन भनेको एउटा बस्ने कोठा हो र साँच्चै  समाजवाद ल्याउने विचार नगरी खाली समाजवादको विषयमा कुराकानी गरी बस्नु अत्यन्त कलात्मक तथा परिमार्जित कुरो हो । यस्ता खाले समाजवादी विल्कुल अविश्वासी हुन्छन् । वास्तवमा आज असाहित्यिक मुसोलिनीबाहेक मजदुरहरू र किसानहरूलाई कमारा तुल्याएर नै राख्नुपर्छ, मार्नुपर्छ र तिनको शोषण गर्नुपर्छ भनी हिंड्ने र अलिकति पनि समाजवादी विचारहरू नभएका लेखकहरू र कलाकारहरू भेटउन गाह्रो छ । वास्तवमा हामीहरूले त्यस्ता खालका मानिसहरू कोही पनि छैनन् भनी भन्न सक्दैनौं, जस्तै, चीनको अर्ध  चन्द्र दलका विद्वान् मानिसहरूलाई र माथि उल्लिखित मुसोलिनीको इष्ट डि’अनुन्जियोलाई लिनुस्)
                     दोस्रो कुरो, हामीले क्रान्तिको वास्तविक स्वभाव बुझ्दैनौं भने ‘दख्खिनपन्थी’ हुनु सजिलो छ । क्रान्ति कविहरूले विचार गर्ने जस्तो राम्रो र पूरो नभई फोहर र रगत मिसिएको एक कठोर कुरा हुन्छ । यो कविहरूले कल्पना गरे जस्तै रोमाञ्चपूर्ण नभई एकदमै यथार्थवादी हुन्छ र यो धेरै नै तिरस्कृत र कष्ट दिने कामहरू सहितको हुन्छ । साँच्चै क्रान्तिमा ध्वंश छ तर यस निम्ति अझ वर्ता निर्माण चाहिन्छ, ध्वंश साधारण छ तर निर्माण कठिन छ । यसकारण क्रान्तिको विषयमा रोमाञ्चपूर्ण सपनाहरू भएका सबै लाई नै क्रान्ति गरिंदा र तिनलाई नजिक परेर हेर्दा त्यसबाट पन्छिनेहरूमध्ये हुनु सजिलो छ । भनिन्छ रस्सियाली कवि येसेनिनले अक्टुबर क्रान्तिलाई ‘स्वर्ग र पृथ्वीमा क्रान्ति जिन्दाबाद घ् म बोल्शेभिक हुँ ’ भनी चिच्याएर स्वागत गरेथ्यो तर पछिबाट वास्तविकताले उसले कल्पना गरेको भन्दा एकदमै बेग्लै कुरा प्रमाणित हुँदा उक्त त्यसबाट पन्छियो र ऊ पतित भयो, यो पन्छाई उसको आगामी आत्महत्याका कारणहरूमध्ये एक हो भनी मानिसहरू भन्छन् । यस विषयमा पिलन्याक र ह्ेरनवर्ग अरू दृष्टान्तहरू हुन् । हामी हाम्रो १९११ को क्रान्तितिर पनि यस्तै दृष्टान्तहरू पाउँछौं । लेखकहरू जस्तै दख्खिना समाजकाहरूले पहिले खुब क्रान्तिकारी भएर शुरू गरे तर तिनीहरूले मन्चुहरूलाई हटाइसकेपछि नै त्यहाँ ‘पुराना सुखका दिनहरू’ फर्कनेछन् र तिनीहरूले फराकिला बाहुलाहरू भएको लुगा लाउन, चुच्चो टोप र फराकिलो पेटी लाउन सक्नेछन् र राम्ररी फूर्तिसाथ हिंड्न सक्नेछन् भन्ने भ्रमलाई धाप दिए । तर अचम्म के भयो भने मन्चु बादशाहलाई हटाएर गणतन्त्रको स्थापना गरे तापनि सबै कुरो बिल्कुल उल्टो भयो । यसरी तिनीहरू भ्रमबाट मुक्त भए र तिमीहरूमध्ये केहीले त क्रान्तिको समेत विरोध गे । क्रान्तिको साँचो स्वभाव नबुझेसम्म हामीहरूले पनि यसो गर्नु सजिलो छ ।
                   कविहरू र लेखकहरू विशिष्ट व्यक्तिहरू हुन् र उनीहरूको काम अरूहरूको भन्दा उत्तम हुन्छ भन्नु अर्को गलत विचार हो । उदाहरणका लागि, कविहरू ज्यादै असल प्राणीहरू भएको हुँदा र ईश्वर ज्यादै न्यायी भएको हुँदा कविहर मरेपछि मीठो खाा खान दिने ईश्वरसँग बस्न जान्थे भी हेनी विचार गथ्र्यो । वस्तवमा आज ईश्वरले दिने खाजामा विश्वास गर्नेहरू कोही छैनन् तर आज पनि मजदुरहरूको क्रान्तिमा समर्थन गर्ने कविहरू र लेखकहरू, क्रान्ति सफल भएपछि, विशेष सत्कारको भागी हुन पाउने, विशेष मोटरकार चढ्ने, विशेष खानेकुरा र मजदुर वर्गबाट राम्ररी पुरस्कृत हुनेछन् भनी विश्वास गर्छन् । मजदुरहरूले उनीहरूलाई लौखानुस, तपाईहरू हाम्रा कविहरू हुनुहुन्छ ।’ भनी रोटी र नौनी दिन पनि सम्भव छ ।यो अर्को भ्रम हो । साधारणत: यसो हुन सक्दैन । सम्भवत: क्रान्तिपछिको बेला अहिलेको भन्दा झन् कष्टमय होला । रोटी र नौनीको कुरा एकातिर राख्नुस्, कालो डढेको रोटी पनि पाइन्छ कि पाइँदैन, जस्तै रस्सियाली क्रान्तिपछिको एक दुई वर्षसम्म भएथ्यो । हामीले यो कुरा बुझ्न विफल भयौं भने ‘दख्खिनपन्थी’ हुनु सजिलो छ । तथ्य कुरा के भने श्री लियाङ शिचिहले ‘अधिकारयोग्य’ भनी वर्णन गरेका ज्यामीहरू बाहेक अरू कुनै ज्यामीले बुद्धिजीवीहरूको विशेष  मान राख्तैनन् । मैले उल्था गरेको फायदेभको उन्नाइस भन्ने उपन्यासमा खानीमा काम गर्नेहरूबाट बरोबर गिल्याइएको बुद्धिजीवी मेतिकलाई हेर्नुस् । भन्नु त परोइन, हामीले कम महत्वको भनी घृणा गर्न नहुने बुद्धिजीवीहरूका आफ्नै कामहरू हुन्छन् , तर कविहरू र लेखकहरूलाई कुनै खास प्राथमिक सत्कार गर्नु मजदुर वर्गको निश्चय नै कर्तव्य होइन ।  अब हामीहरूले ध्यान दिनुपर्ने केही कुराहरूको विषयमा मलाई उल्लेख गर्न दिनोस्
                    पहिलो कुरा, पुरानो समाज र पुराना शक्तिहरू विरूद्धको संघर्षमा हामीहरूले दृढ, निरन्तर लागिरहन र आफ्नो शक्तिप्रति ध्यान दिनु आवश्यक छ । पुरानो समाजको जरो गहिरिएर गाडिएको छ र हाम्रो नयाँ संघर्ष बलियो नहुन्जेल हामीहरूले यसलाई अलिकति पनि हल्लाउन सक्दैनौं । फेरि पुरानो समाज आफू कहिल्यै सम्झौता गर्नेछैन । तापनि यससित हाम्रो नयाँ शक्तिलाई सम्झौता गराउने थुप्रै साधनहरू छन् । चीनमा नयाँ आन्दोलनहरू धेरै भइसकेका छन् तर हरेकले पुरानोको अघिल्तिर आत्मसमर्पण गरेको छ । किनभने मुख्यत: तिनीहरूको निश्चित साझा उद्देश्यहरू थिएनन्, तिनका मागहरू सानातिना थिए र ती सजिलैसित सन्तुष्ट पछि हुन्थे । शुरूशुरूमा पुराना समाजका शक्तिहरूबाट ज्यादै नै विरोध गरिएको भाषा आन्दोलनलाई लिऔं । हालसालै तिनीहरूले जनभाषामा लेख्ने स्वीकृति दिए, यसलाई थोत्रो किसिमका निबन्धहरू प्रकाशित गर्न दिए किनभने तिनीहरूको दृष्टिकोण अनुसार यसबाट कुनै पनि हानी नहुने हुँदा यस नयाँ कुरालाई रहन दिन सकिन्थ्यो र उता भाषालाई बाँच्ने अधिकार प्राप्त भएकोले नयाँ शक्ति पनि त्यसबाट सन्तुष्ट थियो । बितेका केही वर्षमा सर्वहारावादी साहित्य आन्दोलनमा पनि ठीक यस्तै भएको छ । पुरानो समाजले ज्यामी वर्गको लेखलाई स्थान दिएको छ किनभने यो डरलाग्दो छैन , वास्तवमा उनीहरूमध्ये केही कट्टरहरूले समेत यसमा हात हालेका छन् र यसलाई गहना झैं  प्रयोग गरेका छन् किनभने बैठकमा पुराना चिनियाँ माटाका भाँडाहरू र कलात्मक वस्तुहरूको साथमा मजदुरहरूको खस्रो भाँडो राख्नुमा अलिकति अनौठो खाले आकर्षण हुन्छ । फेरि मजदुरवर्गका लेखकहरूले साहित्यको क्षेत्रमा एउटा सानो कुरा पाउँदा र आफ्नो हस्तलिखित लेखहरू बेच्न सक्ने बित्तिकै उनीहरूले आफ्नो संघर्षलाई रोके र आलोचकहरूले सर्वहारा साहित्यले विजय  प्राप्त गर्‍यो भनी विजयका गीतहरू घन्काए । तर केही व्यक्तिहरूको सफलतालाई छाडेर आखिर सर्वहारा साहित्यले कुन कुरा प्राप्त गर्‍यो त ? मजदुर वर्गको मुक्तिका लागि यो सर्वहारावादी संघर्षको अभिन्न अंग बन्नुपर्छ र यसले सामाजिक शक्तिका साथसाथै अघि बढ्नुपर्छ । सर्वहारावर्गको सामाजिक अवस्था यति तल हुँदाहुँदै साहित्य क्षेत्रमा सर्वहारा साहित्यको उच्च मर्यादा छ भन्ने कुराले खाली के कुरा मात्र प्रष्ट पार्छ भने सर्वहारावादी साहित्यका लेखकहरू सर्वहारा वर्गबाट छुट्टिएर पुरानो समाजसँग मिल्न गएको छ ।
                      दोस्रो कुरा, हामीहरूले हाम्रो रणमोर्चालाई फराकिलो पार्नु पर्छ भन्ने मलाई लाग्छ । पोहोर परार साहित्यमा केही संघर्षहरू चलाएथ्यौं । पुराना साहित्य र पुराना विचारहरूसित जुझ्नुको सट्टा हाम्रा नयाँ लेखकहरू पुरानो समाजलाई अलग्ग निश्चिन्त रहन दिई हेर्न लगाएर आफूआफूमा झगडा गर्न थाले ।
                      तेस्रो कुरो, आज हामीहरूलाई धेरै लेखकहरूको खाँचो भएको हुँदा हामीहरूले नौला जोधाहाहरूको थुुप्रै संख्यालाई हुर्काउनुपर्छ । हामीहरूसँग धेरै पत्रिकाहरू छन् तर सारै थोरै किताबहरू मात्र प्रकाशित भएका छन् तर जम्मै जसोको निम्ति उही केही लेखकहरूमात्र भएको हुँदा सूचीहरू पनि सीमित हुने नै भयो । कसैले विशेष रूपले खास विषयमा काम गर्दैनन्, हरेक व्यक्तिले हरेक क्षेत्रमा, जस्तै अनुवाद, कथा, आलोचना, कवितामा समेत हात हाल्ने गर्छ । वास्तवमा यसबाट फल कम मात्र प्राप्त हुन्छ यसको कारण लेखकहरूको अभाव हो । हाम्रा धेरै लेखकहरू भएका भए अनुवादहरू अनुवाद गर्नमा, लेखकहरू लेख लेख्नमा र आलोचकहरू आलोचना गर्नमा नै लागिरहन सक्थे र हामीहरू हाम्रा शत्रुसँग लड्दा आफ्नो शक्तिले उनीहरूलाई सजिलैसित हराउन हामी प्रशस्त बलिया हुन्थ्यौं । यसलाई पुष्टि गर्न म तपाईहरूलाई एउटा उदाहरण दिन्छु । परार सिर्जना समाज र सूर्य समाजले मलाई आक्रमण गर्दा उनीहरू साँच्चै नै ज्यादै निर्वल भएकाले पनि मैले चाखै लिन छाडे र मैले प्रत्याक्रमण गर्नुपर्ने कुनै आवश्यकता देखिन किनभने उनीहरूले रित्तो शहरे रणचतुर्‍याइहरूको प्रयोग गरिरहेका थिए भन्ने मैले बुझें । फौजहरूलाई तालिम दिनुको सट्टा शत्रुले हल्ला मच्चाउनुमा नै आफ्नो शक्ति लगायो । मलाई गाली गरेर लेखिएका अनेकन लेखहरू कुनै अर्कै छद्यनाउँमा लेखिएका भनी तपाईहरूले तुरून्तै भन्न सक्नुहुन्छ र सबै गालीहरू उही खाले टीकाटिप्पणीहरू मात्र गरेका छन् । म माक्र्सवादी आलोचनात्मक पद्धतिमा निपुण भएको कुनै व्यक्तिद्वारा आक्रमण गराउन पर्खिरहेको थिएँ तर त्यस्तो कुनै व्यक्ति देखा परेन । मैले जहिले पनि जोधाहरूको नयाँ पुस्तालाई तालिम दिनु आवश्यक छ भन्ने ठाने । र मेरो समयमा तिनीहरूमध्ये केहीबाट, धेरै नभए तापनि अनेकन साहित्यिक दलहरू खोलें । तर भविष्यमा हामीहरूले यसै कुरामा अझ बढी ध्यान दिनैपर्छ ।
                       हामीहरूले नौला जोधाहाहरूको सेना सिर्जनु पर्ने खाँचो भएकोले, अहिले साहित्यिक मोर्चाका हामीहरूमध्ये सबैले ‘लचिला’ पनि हुनुपर्छ । ‘लचिला’ भन्नाले मेरो अर्थ चिङ राजवंशका परीक्षा निबन्धहरूलाई ढोका खोल्ने इंट झैं प्रयोग गरिने खालका आठ खुट्टे पाकु निबन्धहरू त विद्वान्हरू जस्तो हामी हुनुहुँदैन भन्ने हो , यी निबन्धहरू त विद्वान्हरू परीक्षामा पास भएर चिङ राजवंशका अधिकारी हुने साधन मात्र हुन् । ‘प्रस्तुति, व्याख्या, तर्क र सार’ को बलद्वारा एकचोटी जाँचमा उत्तिर्ण भइसकेपछि बाँकी जीवनमा प्रयोग नगर्ने गरी तपाई यसलाई पन्छाउन सक्नुहुन्छ । ढोका खोल्नलाई मात्र प्रयोग गरिएको हुँदा यसलाई ईट भनिएको हो । त्यसपछि यसलाई बोक्दै हिंड्नुको सट्टा फ्याँक्न सकिन्थ्यो । यस्तै काइदाहरू आज पनि प्रयोग गरिंदै छन् । मानिसहरू एक दुई ठेली कविताहरू अथवा छोटा कथाहरू लेखी प्रकाशित गरेर सधै भरीका लागि अल्पिन्छन् । तिनीहरू कता लाग्छन् ? केही कितावहरू छापेर धेरथोर नाउँ कमाएर तिनीहरू प्राध्यापकहरू हुन जान्छन् वा त्यस्तै अर्कै काम भेट्टाउँछन् । नाउँ कमाइसकेकोले तिनीहरूले फेरि लेख्नु परेन र तिनीहरू सधैका लागि बिलाउँछन् । साहित्य र विज्ञान क्षेत्रमा बाहिर देखाउन भनी चीनसित यति थोरै मात्र सामग्रीहरू भएको कारण यही हो । तर हामीहरूलाई भने केही कृतिहरूको खाँचो छ जसबाट केही फाइदा होस् । –लुनाचार्सकीले रूसको किसान हस्तकलालाई रक्षा गर्ने प्रस्ताव राखे किनभने विदेशीहरूले किसानहरूले बनाएका ती बस्तुहरू किन्छन् र यसबाट पैसाको केही भरथेग हुनसक्थ्यो । हामीहरूले साहित्य र विज्ञानमा कुनै देन दिने कुरा भएमा म के विश्वास गर्छु भने यसले हामीहरूलाई साम्राज्यवादीहरूबाट मुक्त हुने हाम्रो राजनैतिक आन्दोलनलाई समेत मद्दत गर्न सक्नुपर्छ । तर केही उपलब्धिहरू प्राप्त गर्न हामीहरूले “कटिबद्ध” हुनैपर्छ ।
                      अन्तमा, हाम्रो साझा उद्देश्यको लागि संयुक्त मोर्चा आवश्यक छ भन्ने म ठान्छु । कसैले भनेको सम्झन्छु जस्तो लाग्छ –“प्रतिक्रियावादीहरूको त उहिले नै संयुक्त मोर्चा बनिसकेको छ तर हाम्रो भने अझै बनिसकेको छैन ।” वास्तवमा उनीहरूको निश्चित संयुक्त मोर्चा छैन तर उनीहरूको साझा उद्देश्य भएकोले र एकनाससित उनीहरूले काम गरिनैरहेकाले उनीहरूको संयुक्त मोर्चा छ जस्तो देखिन्छ । हामीहरू संयुक्त हुन नसकेको तथ्यले के कुरा देखाउँछ भने हामीहरू हाम्रै उद्देश्यमा अल्मलिएका छौं–हामीहरूमध्ये केही सानासाना डफ्फाहरूका लागि वा व्यक्तिवादका लागि काम गरिरहेका छौं । हामीहरू सबै किसानहरू र मजदुरहरूका लागि केही गर्न चाहन्छौं भने हाम्रो मोर्चा स्वभावत संयुक्त हुने नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here