वापीमा भैलो समापन तथा बनभोज कार्यक्रम गरियो

0
277
वापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पश्चिम नगर समितिको आयोजनामा २०७५ सालको भैलो समापन तथा बनभोज कार्यक्रम सम्पन्न पारिएको छ ।
कार्यक्रमको अध्यक्षता मान बहादुर रावलले र सञ्चालन क्षेत्रीय सहसचिव प्रविनसिंह काउछाले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई विनीता काउछाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सचिव प्रेम पौडेल, सदस्य वेद बहादुर कार्की, रमकला काउछा, रक्तिम साँस्कृतिक अभियानको तर्फदेखि हरि काउछा, दमन गर समितिका बाबुराम दहित, वापी पूर्व नगर समितिका भुवनसिंह धामी, क्षेत्रीय सल्लाहकार पवन गुरुङ, बैंक आफ बडौदराका मेनेजर कृष्ण शर्मा लगायतले आतिथ्यता गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here