लेनिनको शालिक जेसीबी लगाएर ढालियो

0
214

नयाँ दिल्ली । भारतको त्रिपुरा राज्यमा विश्वसर्वहारा वर्गका महानायक तथा रुसी क्रान्तिका नेता व्लादिमिर लेनिनको सालीक जेसीबी लगाई भत्काइको छ । राज्यमा भरखरै सम्पन्न विधान सभाको चुनावमा भारतीय जनता पार्टीको जितको लगत्तै यो घटना घटेको हो । साउथ त्रिपुरा जिल्लाान दुई दिनको अन्तरालमा लेनिनका दुई मुर्तिहरु भत्काइएको छ । सबरुम टाउन र बेलोनिवा सबडिवीजनमा रहेका लेनिनका मुर्तिहरुमाथि जेसीबी लगाइएको हो । यहाँका मुर्ति पाँच वर्ष पहिला स्थापित गरिएको थियो ।

त्यस्तै कैयौं स्थानहरुमा रहेका माक्र्सवादी कम्यूनिष्ट पार्टीका कार्यालयहरु पनि तोडफोड भएको बताइएको छ । वाम दलहरुले तोडफोडको आरोप भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई लगाएका छन् । मुर्ति भत्काउनु भन्दा पहिला ‘भारत माता की जय’ को नारा लगाइएको थियो ।

त्रिपुरा राज्यमा बिजेपी सत्तामा आएसँगै लेनिनको सालिक तोडीनुले बिजेपी प्रजान्त्रिक पार्टी नभई र कट्टर तानाशाही पार्टी भएको टिप्पणी हुन थालेको छ । राज्यमा भाजपाले चुनाव जिते सँगै माकपा विरोधी ७७० भन्दा धेरै हिंसक घटनाहरु घटिसकेका छन् । कतिपय पत्रपत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर भाई मोदीमाथि पनि औंला ठड्याएका छन् । मोदीमा तानाशाही र पृथकताबादी सोंचको रहेको समेत आरोप लगाएका छन् ।

कैयौं घरहरुमा तोडफोड र आगजनी समेत गराइएको पिडीतहरुले बताएका छन् । यस प्रकारका घटनाहरुबाट एक हजार भन्दा धेरै मानिसहरु घायल भएको बताएएको छ ।

माकपाका राज्य सचिव विजन धरका अनुसार हालसम्मको घटनामा १५३९ घरहरुको तोडफोड, ५१४ जना माकपाका कार्यकर्ताहरु घायल र ६४ पार्टी कार्यालयहरु तोडफोड भएको बताएको छ ।
वाम दलहरुले देशको कैयौं हिस्सामा वाम कार्यकर्ता र नेता यस घटनाको विरोध गर्दै सडकमा उत्रिएका छन् । कोलकातामा माकपाका सम्पूर्ण वरिष्ठ नेताहरु सडकमा उत्रिएर यो घटनाको विरुद्ध प्रदर्शन गरेका छन् ।

“म यो हिंसाको जोडदार विरोध गर्दछु, लोकतन्त्रमा यो मन्जुर हुँदैन ।” वाम नेता डी राजाले “हामी कैयौं पार्टीहरु भएको लोकतन्त्र हौं, यसमा केही पार्टी विजय हुन्छन्, कोही हार्दछन् । यसको अर्थ जितनेले तोडफोड र हिंसा गर्न पाउने वा कसैको आस्थाका धरोधरहरु भत्काउन पाउने हुँदैन ।”

माकपाका नेता सीताराम येचुरीले भने– “त्रिपुरामा जो हिंसा भइरहेको छ, यसले यो स्पष्ट गर्दछ कि आरएसएस–भाजपाको रुझान के हो । हिंसाको बाहेक उनीहरुमा कुनै राजनीतिक भविष्य छैन । त्रिपुराका जनताले जवाफ दिने छन् ।”

त्रिपुरामा माक्र्सवादीहरुले चुनाव भन्दा पहिले हाम्रो ९ जना कार्यकर्ता मारेका थिए, त्यसैले त्यहाँका जनताले आवेशमा आएर यस प्रकारको घटना घटाएको भाजपाका केन्द्रीय मन्त्री अनंत कुमारले मिडियालाई बताए । माकपाका कार्यकर्ताहरुले भाजपाको टोपी लगाएर उल्लेखि घटनाको अन्जाम दिएको भाजपाले आरोप समेत लगाएको छ ।

राज्यमा हिंसाको समाचार पछि केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले राज्यपाल तथागत राय र डीजीपी एके शुक्लासँग सरकार बन्दासम्मलाई हिंसक घटनाहरु हुन नदिने बारे ध्यान दिन आदेश गरेका छन् ।

पुलिसको अुनसार जेसीबी चालकलाई गिरफ्तार गरिसकिएको र जेसीबी चालक नशामा भएकोले यो घटना भएको बताएर दोषीहरुलाई बचाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here