लखनऊमा भेला सम्पन्न 

0
225
लखनऊ, १९ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर भारत क्षेत्रीय समिति अन्तर्गत लखनऊ नगर नगर समितिको भेला सम्पन्न भएको छ ।
गोपाल सुवेदीको सञ्चालन तथा विष्णु पुनको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा महासचिव खगेश्वर शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट मन्तव्यको क्रममा शर्माले भारत प्रवासबाट आफूहरुले लगातार देशभक्त जनतान्त्रिक शक्तिहरुलाई राष्ट्र र राष्ट्रियताको पक्षमा संगठित आन्दोलन लाग्न आव्हान गर्दै आएको बताउनु भयो । कार्यक्रममा केन्द्रीय समितिका कोषाध्यक्ष रुकबहादुर केसी, क्षेत्रीय समितिका खगराज पौडेल र विद्यार्थी केन्द्रीय सदस्य विरु रसाइलीले पनि भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
भेलाले विष्णु पुनको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– ध्रुब सिंह, सचिव– सोनु थापा, सहसचिव– संतोष बस्याल र कोषाध्यक्ष– वसन्त ओली रहेका छन् । त्यस्तै सदस्यमा: भरत रसाइली, अम्बर सिंह, सरस्वती सुवेदी, विकाश थापा, कृष्ण बहादुर विक र रुकबहादुर राजकोटी रहेका छन् । त्यस्तै भेलाले खगराज पौडेल, गोपाल सुवेदी, खेमसिंह थापा र शालिकराम ओलीलाई सल्लाहकार चयन गरेको छ ।
त्यस्तै सोही भेलाको सन्दर्भमा अखिल भारत विद्यार्थी संघको लखनऊ नगर समिति गठन गरिएको छ । जसमा: अध्यक्ष– विरु रसाइली, उपाध्यक्ष– कपिल रासकोटी, सचिव– विक्रम पुन, कोषाध्यक्ष– ज्योती रसाइली, सदस्यहरुमा: रिया राई, रेखा रसाइली, अस्मीता, मनिषा, सपना, विन्दु, समिक्षा, प्रतिक्षा र पूजा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here