रेलको झ्यालमा बसेर आछु

0
213
  • प्रेम गायक, बाग्लुङ

यो दशैमा मिलेन छुट्टी
छुट्टी पाए आउने छु तिहारमा।
फुलको माला सात रङको टिका
सबै मिली लगाउॅला निधारमा।

बिदेशिको चौकिदारी
छुट्टी नै नपाईने ।
जवर जस्ति गरम भने
काम बाटै धपाईने।

ऐले छुट्टी मिल्दैन बहादुर
तिहारमा जा भन्छ साहुले।
ऑखो बाटो गरेर हेर्दै
होलान सबै सहिं साथी गाउॅले।

पोहोर पनि यस्तै गरी
आउन पाईन घर।
दुई दिनको जिन्दगीको
के को भर छर ।

नरोई बस्नु ए मेरी बुढी
ऐले पनि आईन म दशैमा।
पोहोर जस्तै यो वर्ष पनि
निराश छायो गरिवको बासैमा।

सब्का बाउ घरमै देख्छन
हाम्रा बाबा खोई?
बस्न मलाई दिएनन
मन कटाई रोई।

आउभो घर न बस बिदेश
छोड्देउ बुढा अर्काको नोकरी।
ढिणो रोटो साग र सिस्नो
खाउंला बरु हात खुट्टा बजारी।

मलाई पनि एक्लो जिवन
कस्तो कस्तो भाछ।
मरे पनि सॅगै मर्ने
मनमा सोचाई आछ।

तिमी बिना यो एक्लो जिवन
दिना दिना म कति बाॅचौला?
आधा पेट खाएर भयनि
हाॅशी खुशि सॅग सॅगै बसौंला ।

बुझें प्यारी तिम्रो मर्म
छोड्दिन्छु नकुरी।
जस्तो पर्ला त्यस्तै टर्ला
खाउॅला दुख गरी।

हिडे म त यो दशै मान्न
बिदेशीको गुलामी छोडेर।
तत्काल टिकट लिईसकें मैले
आउॅदैछु म राप्तिमा चढेर।

मेरो जस्तै कथा ब्यथा
भयका मित्र हरु।
बाल बच्चाको साथमा रहि
दुख गरौं बरु।

एस पालि त रुहाउदिन तिम्लाई
जसरी नि आई पुग्छु दशैमा।
राता सेता अक्षता लाउॅला
त्यसै माथी जमरा केशैमा।

रेलको झ्यालमा बसेर आछु
तिता मिठा सपना साॅचेर।
दुख सुख यो हाम्रो जिवन
देखाउनु छ सबैलाई बाॅचेर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here