राष्ट्रिय जनमोर्चा सुनसरीले ऐतिहासिक प्रथम सम्मेलन गर्दै

0
215

सुनसरी । मंसिर १६ गते बसेको राजमो सुनसरीको जिल्ला भेलाले ऐतिहासिक प्रथम जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।

भेलाको निर्णय जानकारी गराउँदै राजमो नेता बालकृष्ण सुवेदीले भन्नु भयो– “आज सम्पन्न जिल्ला भेलाले यहि पौष ७ र ८ गते बराह नगरपालिकामा महासचिव जनकराज शर्माको प्रमुख आतित्थ्यतामा ऐतिहासिक प्रथम सुनसरी जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।”

उक्त सम्मेलन सफल पार्नका निमित्त सुनसरी जिल्ला अध्यक्ष अमृत पाण्डेको संयोजकत्वमा ३५ सदस्यीय सम्मेलन तयारी समिति साथै विभिन्न विभागहरु गठन भएको छ । भेलामा उपस्थित अतिथिहरुले सम्मेलन सफल पार्न सम्पूर्ण जिल्ला बासी अन्य मोर्चा, सञ्चारकर्मी, पत्रकारहरु र अगुवा कार्यकर्ताहरुमा सुवेदीले अपिल तथा अनुरोध व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here