राष्ट्रिय जनमोर्चाले संघियता खारेजी अभियान देशव्यापी चलाउने घोषणा

0
877

काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशव्यापी संगठन विस्तार गर्ने भएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संगठन विस्तारका लागि आगामी असार १ गतेदेखि साउन मसान्तसम्म गर्ने देशव्यापी कार्यक्रम तय गरेको बताएका छन् । केसीले एक प्रेस वक्तव्य जारी गरि विभिन्न मिडीयाहरुलाई जानकारी गराएका छन् ।

जसका लागि कार्यकारी अध्यक्ष रश्मीराज नेपाली संयोजक रहेको केन्द्रीय प्रचार समिति गठन गरेको अध्यक्ष केसीले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । प्रचार समितिमा दुर्गा पौडेल, जनकराज शर्मा, हिमलाल पुरी, मनोज भट्ट, बासुदेव पोख्रेल र मिना पुन रहेका छन् ।

जनमोर्चाले एउटा जिल्लामा कम्तिमा एउटा सभाको कार्यक्रम र कुनै जिल्लामा दुई/तीन ठाउँमा समेत सभा वा पत्रकार सम्मेलन गर्नेछ ।   त्यस्तै जनमोर्चाले हालै भएको पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

(प्रेस वक्तव्य)

(क) १. राष्ट्रिय जनमोर्चाले राजनीतिक प्रचार र सांगठनिक कार्य देशव्यापी सघनरुपमा गर्नु पर्ने महशुस गरी त्यसको लागि आगामी असार १ गतेदेखि श्रावण मसान्तसम्मको कार्यक्रम बनाएको छ । कार्यकारी अध्यक्ष रश्मीराज नेपाली संयोजक र सदस्यहरु दुर्गा पौडेल, जनकराज शर्मा, हिमलाल पुरी, मनोज भट्ट, बासुदेव पोख्रेल र मिना पुन रहेको केन्द्रीय प्रचार समिति गठन भएको छ । कार्यक्रमको मिति र स्थान सम्बन्धित जिल्ला समिति र वक्ताहरुले ठेगान गर्ने छन् ।
२. उपरोक्त प्रचार कार्यमा जिल्लाको स्थिति अनुसार एउटा जिल्लामा कम्तिमा एउटा सभाको कार्यक्रम र कुनै जिल्लामा दुई÷तीन ठाउ“मा पनि सभा वा पत्रकार सम्मेलनका कार्यक्रमहरु हुनेछन् । ती सभा तथा पत्रकार सम्मेलनमा तल उल्लेखित वक्ताहरुले सम्बोधन गर्ने छन् । उक्त सघन कार्यक्रममा भेटघाट र संगठनात्मक कार्य पनि हुने छ ।
३. वक्ताहरु ः बाग्लुङ, हटिया– चित्रबहादुर के.सी. र अमर थापा, कुस्मीसेरा– चित्रबहादुर के.सी. र कृष्ण थापा, कास्की– चित्रबहादुर के.सी र शंकर बराल, प्यूठान– रश्मीराज नेपाली र कृष्ण खड्का, अर्घाखा“ची– दुर्गा पौडेल र झविलाल थापा, कपिलवस्तु– दुर्गा पौडेल र दधिराम आचार्य, रोल्पा– बोमबहादुर खत्री र मेघनाथ विष्ट,  दाङ– मनोज भट्ट र रेशम विसी, रुपन्देही– मनोज भट्ट र दिपक पौडेल, कैलाली– मिना पुन र लक्षिराम आचार्य,  डडेलधुरा– जनकराज शर्मा र लालबहादुर जाग्री, डोटी– जनकराज शर्मा र बेणीमाधव जोशी, वैतडी र दार्चुलाको संयुक्त गोकुलेमा– जनकराज शर्मा,  बा“के– लोकेन्द्र लम्साल र कृष्ण पाण्डे, बर्दिया– नन्दराज भट्ट र युवराज ढकाल, दैलेख– तुलसी सापकोटा र अम्मरबहादुर नेपाली, सुर्खेत– रामप्रकाश पुरी र रत्नविक्रम प्यासी,  नवलपुर– बद्रे आलम र दिपक पाण्डे, गुल्मी– शेरबहादुर विसी र छविलाल सर्तुङ्गी, भक्तपुर– निमबहादुर बुढा र शिवहरी खनाल,  सिन्धुपाल्चोक– नारायण सापकोटा र दीर्घबहादुर सुवेदी, बारा– हिमलाल पुरी र कर्ण थापा, रौतहट– हिमलाल पुरी र हरिकिशोर महतो,  चितवन– कृष्ण पौडेल र डम्बर पुरी,  परासी– विमल शर्मा र रेम राना, काठमाडौं– कृष्ण अधिकारी र लालबहादुर थापा, पर्वत– राजेन्द्र ढुंगाना र गोविन्द पौडेल, म्याग्दी– राजेन्द्र ढुंगाना र छवि विक, तनहु“– रामबहादुर बुढा र पुष्पलाल श्रेष्ठ, पाल्पा– झविलाल थापा र सोम कार्की, स्याङ्जा– शंकर बराल र राजेन्द्र गैरे, उदयपुर– हरिकान्त शर्मा र लिलकुमार राई,  सुनसरी– विमल पोख्रेल र अमृत पाण्डे, मकवानपुर– भैरव रेग्मी र निरबहादुर सिन्तान,  पर्सा– भैरव रेग्मी र अक्षयलाल साह, रुकुम पश्चिम– ढकन शर्मा र आशा बुढा, सल्यान– रश्मिराज नेपाली र ढकन शर्मा, रुकुम पूर्व– गिरीप्रसाद बुढा र चन्द्रविक्रम शाही र कञ्चनपुर– बासुदेव पोखरेल र लोकेन्द्र लम्साल हुनुहुन्छ ।
(ख) बिगत केही महिनादेखि लगातार पेट्रोलियम पदार्थको मूल्य बृद्धि हु“दै आएको छ । यो मूल्य बृद्धिले यातायात, उद्योग व्यवसाय तथा सर्वसाधारणका दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । देशको आर्थिक स्थिति र सर्वसाधारण मानिसको आर्थिक अवस्थामा भने कुनै पनि सुधार आएको छैन । यो स्थितिमा हामीले यो मूल्य बृद्धिको विरोध गर्दछौं र उक्त मूल्य बृद्धिलाई घटाउन सरकारस“ग विशेष आग्रह गर्दछौं ।
२०७५ जेष्ठ ६ गते
……………..
चित्रबहादुर के.सी.
अध्यक्ष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here