राजमोद्वारा क्षोभ प्रकट

0
459
काठमाडौं, २१ मघ । राजधानी लगायत देशका विभिन्न स्थानहरुमा महिलाहरुमाथि वलात्कार तथा अमावीय दुःख घटनाहरु भइरहेका समाचार दिप्रति दिन बढिरहेको छ । विभिन्न समाजिक सञ्जाल लगायत सञ्चारमाध्यममा चर्चामा चुलिएका उल्लेखित घटनाहरुप्रति राष्ट्रिय जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै गम्भीर दुःख र क्षोभ प्रकट गरिएको छ । यस प्रकारका घटनाहरुमा समुचित छानविन गरि दोषिहरुमाथि कारवाही र सजाय दिनुपर्ने आवश्यकता राजमोले औंल्याएको छ ।
विज्ञप्तीको पूर्ण पाठः
“राजधानी सहित देशका विभिन्न भागहरूमा महिलाहरूमाथि भइरहेका घटनाहरू प्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । त्यसबारे अरू चिन्ता र क्षोभको कुरा यो छ कि त्यस प्रकारका अपराधहरूमा संलग्न दोषिहरूलाई प्रहरीले नै मिलोमतो गरी दोषिहरूलाई उन्मुक्ति दिने कार्यहरू पनि धेरैतिर भइरहेका समाचारहरू सञ्चार माध्यमहरूले बाहिर ल्याएका छन् । त्यसप्रति हाम्रो पार्टीले गम्भीर दुःख र क्षोभ प्रकट गर्दै उक्त विषयहरूमा समूचित छानवीन गरी दोषिहरूमाथि कारवाही गर्नुपर्ने र सजाय दिनुपर्ने आवश्यकताप्रति सरकारको ध्यान आकर्षित गर्दछ । मिति ः २०७४ माघ २१ गते”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here