युवक संघको संयुक्त वडा भेला सम्पन्न

0
470

भाद्र ३०, बाग्लुङ । अखिल नेपाल युवक संघ गल्कोट नगरपालिका वडा नम्बर ८ र ९ संयुक्त भेला रिस्मीमा सम्पन्न भएको छ ।

भेलाले ९ सदस्यीय गल्कोट नपा ९ मल्मको वडा कमिटी गठन गरेको छ । जसको अध्यक्षमा बिनोद बिक, उपाध्यक्षमा भावना केसी, सचिव राम केसी, सहसचिवमा राजन गौतम, कोषाध्यक्षमा अर्जुन केसी, र सदस्यहरुमा सीता सापकोटा, चोपबहादुर केसी, तेजेन्द्र बिक र ओमबहादुर सुनार रहेका छन् ।

त्यसै गरि भाद्र ३० गते नै गल्कोट नगरपालिका ८ काडेबासमा समेत वडा भेला सम्पन्न भएको छ, भेलाले दिपक केसी अध्यक्ष रहएको ५ सदस्य रहेको समिति निर्माण गरेको छ । जसको सचिव बिकास सुनार, कोषाध्यक्ष सरिता सुनार, सदस्य मनिश कंडेल, चन्द्र सुनार रहनु भएको छ भने श्याम सुनार, चुडामणि चालिसे, भिम केसी रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि संघका गण्डकी प्रदेश सचिव संजाल शर्माले नेपालको राजनीतिक क्षेत्रमा युवाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । देशको राजनीतिक, सामाजिक तथा आर्थिक विकासमा युवाहरु सचेत रहनुका साथै युवाहरू गलत दूव्र्याशनका कार्यमा प्रयोग नहुन समेत शर्माले आग्रह गर्नु भयो ।

“राज्यले युवाहरुको समस्याप्रति गम्भीर बन्न सकेको छ्रैन, राज्यले युवाहरूलाई कहाँ प्रयोग गर्ने र समृद्धि राष्ट्र कसरी निर्माण गर्ने भन्ने सवालमा सोंच्न जरुरी छ ।” संजाल शर्माले भन्नु भयो– “नेपाली युवाहरु अब पुरानो अन्धविश्वास भन्दा माथि उठेर आफ्नो सोंच, चिन्तन र विचारलाई सामाजिक कामको निम्ति खर्चिनु पर्ने आवश्यक छ ।”

देशमा बामपंथीको सरकार भए पनि बलात्कार, भ्रष्टाचार जस्ता अपराध भैरहेकाले यो सरकारसँग अब जनताको आशा मरेको समेत शर्माले जिकिर गर्नुभयो । नेपाली युवाहरुले सहि र गलत छुट्याइएर असल राजनीति छनोट नगरेसम्म देश समृद्धिको बाटो अगाडि बढ्न नसक्ने प्रमुख अतिथि शर्माले जोड दिनुभयो ।

आफूहरुले १२ बर्ष अगाडिदेखि नै संघीयता नेपालको परिवेशमा उपयुक्त नभएको बताउँदै आएको समेत शर्माले जिकिर गर्नुभयो । “उतिवेलादेखि हामीले भन्दै आएका कुराहरु अहिले बल्ल सार्थक भएको छ ।” शर्माले भन्नु भयो– “जनताले संघीयताका कारण महंगी, करको मार झेल्नु परेकोले संघीयता खारेजीका लागि आन्दोलनमा आएका छन् ।” यो आन्दोलनलाई अब सहि विन्दुसम्म पुर्याउन सम्पूर्ण युवाहरुले संगठित आन्दोलनमा सरिक हुन समेतल शर्माले आव्हान गर्नु भयो ।

उक्त भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटा, अखिल छैटौं बाग्लुङका अध्यक्ष शिव चालिसे, राजमो गल्कोट ९ का अध्यक्ष रुमाकान्त गौतम, राजमो काडेबासका अध्यक्ष श्याम सुनार, युवक संघका जिल्ला सदस्य तथा गल्कोट संयोजक पिताम्बर सापकोटा समेतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

“लागौं युवा जागौ युवा” भन्ने मुल नाराका साथ युवक संघले स्थानीय तहको अधिकार र बिकास बजेट वृद्धि गर ! महंगी र भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर !! भन्ने उद्घोष सहित युवालाई सामाजिक न्याय पक्षमा अग्रसर गराउँदै, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालमा युवाहरूले बिषेश भुमिका खेल्न सकुन भन्ने धेयको साथ उक्त भेला आयोजना गरिएको गल्कोट युवक संघका गल्कोट संयोजक पिताम्बर सापकोटाले जानकारी दिनुभयो, साथै उहाँले असोज २ गते गल्कोटको हटियामा नगर भेला र असोज ३ र ४ गते जिल्ला प्रशिक्षण भेला समेत आयोजना गरिएको उक्त प्रशिक्षणमा २०० युवा प्रतिनिधि सहभागी हुने जानकारी समेत दिनु भयो ।

भेलाको अध्यक्षता बिनोद बिक, सञ्चालन तेजेन्द्र बिक र स्वागत दिपक केसीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here