युएई नेपाली एकता समाजद्वारा मृगौला पीडित बसन्त कुँवरलाई सहयोग

0
562

काठमाडौं । युएई नेपाली एकता समाजले गुल्मीका मृगौला पीडित बसन्त कुँवरलाई ७० हजार आर्थिक सहयोग प्रदान गरेको छ । मदाने गाउँपालिका–४ पुर्कोट म्यालपोखरीका ३५ वर्षीय बसन्त कुँवर दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा डाइलोसिस गराइए रहनु भएको छ । सामान्य आर्थिक स्थितिका कुँवरको मृगौला प्रत्यारोपणका लागि आर्थिक समस्या जटिल बन्दै गएपछि युएई नेपाली एकता समाजले कुँवरलाई सो आर्थिक सहयोग प्रदान गरेको हो ।

युएईमा रोजगाररत रहनु भएका दिनेश थापा र टुकेन्द्र कुँवरको विशेष पहलकदमीमा युएई नेपाली एकता समाजले “मृगौला पीडित बसन्त कुँवर सहयोग अभियान” नै सञ्चालन गरी आर्थिक सहयोग सङ्कलन गरेको थियो । सङ्कलित सोही सहयोग रकम युएई नेपाली एकता समाजले पीडित कुँवरको उपचार खर्च जुटाउन ग्लोबल आइएमई बैङ्कको गुल्मीको तम्घास शाखामा तारा कुँवरको नाममा खोलिएको ७००७०१०००४२०९ नम्बरको खातामा ९ मे २०१८ अर्थात् २०७५ वैशाख २६ गतेका दिन पठाएको हो । नेपालमा गुल्मी, अर्घाखाँची, रुपन्देही, प्युठान, कैलाली, बागलुङ, जाजरकोट, चितवन, जनकपुर, कपिलवस्तु र नवलपरासी जिल्लाका विभिन्न स्थानमा स्थायी घर रहेका र हाल युएईका विभिन्न क्षेत्रमा रोजगाररत रहेका विभिन्न प्रवासी नेपालीहरुले उक्त सहयोग अभियानमा २५० देखि १० दिरामसम्म आर्थिक सहयोग गरेका थिए । यसरी सहयोग गर्नेहरुमा टुकेन्द्र कुँवर, रमेश कुँवर पुनम जी.सी., दिनेश थापा, विजय बस्नेत, अर्जुन खनाल, भुपेन्द्र खनाल, योगेन्द्र थापा, तारा राउत, दिपेन्द्र चौधरी, केशव भुसाल, नारायण थापा, बोम प्रसाद पौडेल, दिप नारायण यादव, विवश जी.सी., उमेश थापा, इन्द्रमणि खरेल, गणेश सुनार, मधु चन्द, हरि भट्टराई, भिम बहादुर थापा, कृष्ण केसी, प्रेमराज भण्डारी, सवित्रा एम.सी., जय विक, यम बहादुर विक, के.पी. विरही र कमल बस्नेत रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here