यात्रा स्मरण

1
1142

लिला परियार, हाल जापान

बिहानाको छ बजी सकेको थियो । सानो झोला भिरेर कोठा बाट बाहिर निस्कें । माथि फर्केर एकचोटी आकाश तीर हेरें । खुला आकाश साफा मौसम आफै मुस्कराउँदै पैदलयात्रा शुरू गरें । खै केको खुसी ! उमंग थियो मनमा बिचित्रको पल थियो । अनेकौं कुरा मनभरी दौड़ीरहेको थियो, थाहानै भएन । स्टेशन आइपुगेछ ! केहि समयको पर्खाईपछि रेल आयो, अनि यताउता खासै ध्यान गएन । सोंच मै डुबेको थिएँ । करीब ८० मिनेटको यात्रा पछि अर्को ठूलो स्टेशन पुगे जहाँबाट लामो यात्रा तय गर्नु थियो । धेरै समय पर्खिनु परेन । त्यहाँ पनि रेलमा बसी हालें । रेल आप्mनो रफ्तारमा गुडिरह्यो । म भने कहिले रेलभित्र कहिले झ्यालबाट बाहिर निहालेर हेर्छु, मेरो आँखाले देखेको हरेक दृश्यसँग प्रश्न गर्छु । रेलभित्र हेर्छु मान्छे त डब्बा भरी छन् आवाज कहीं कतै आउँदैन । कोही कसैसँग बोल्दैन । धेरै लैपटाप र फोनमा ब्यस्त, कोही पुस्तकमा बिचित्रको संस्कार जापानीहरुको ।

संझीएँ भारतको रेल यात्रा कति फरक थियो । त्यहाँ र यहाँको रेल यात्रा फेरी बाहिर हेर्छु कही गगनचुम्बी बिल्डिंग त कहीं समतल फाँटफाँटै भरी धान, कही बनैबन, कहीं सुरंग नै सुरुङ्ग । कहीं बस्ती नै बस्ती तर हरेक ठाउँमा मन लोभ्याउने दृष्य । हुन त म जापान आएको पनि ८ महिना भैसकेको छ, तर यो अनुभव छुट्टै थियो ।

जापान त्यसै समृध्द बनेको होइन । यहाँका जनताको अथक परिश्रम देखेर सजिलै बुझ्न सकिन्छ, हामी संसारभरीका बिकसित देशमा पुगिसकेका छौं, देखेका पनि छौं, तर कसरी भयो त्यो समृद्ध भन्ने हामीले सिक्न सकेनौं । हामी आफैलाई बदल्न सकेनौं । यस्तै कुरा खेलाउँदै थिए म पनि सुतेछु । जब आँखा खुल्यो, गन्तब्यको नजिकै थिएँ । करिब ४ घण्टाको यात्रा पछि जापानको अर्को रमाइलो शहर ओसाकाको स्टेशनमा पुगें । त्यहाँ ओर्लिएँ र बाहिर निस्कदै थिएँ मलाई लिन आउनु भएको रहेछ । जापान नेपाली एकता समाजका केन्द्रीय उपाध्क्षय भीम केसी र हाँकका पत्रकार मेघराज रिश्मेली । मेरो नजरले देखि हाल्यो खुशी झनै बढ़ेर गयो । केहि छिनमा भीम सरको कोठामा पुगियो । करिब १२ बजिसकेको थियो । कार्यक्रम नजिकिंदै थियो । मेरो मनमा अत्यन्तै उत्साह थियो । मञ्चदेखि टांडा भएको करिब १ बर्ष भैसकेको थियो । फेरी उभिन पाउने अनि प्रदेशमा आफु जस्तै प्रदेशिको प्रतक्ष्य मुहार देख्ने अनि त्यो मुहारले के भन्न खोजेको, के सन्देश छ जान्ने, खुब हतार थियो मलाई । समय बित्दै गयो जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटा र रक्तिम अभियान जापानका संयोजक सचित्रा किसीको आगमन भो । अनि केहि समयको बसाई पछि केहि छलफल र कार्यक्रमको पूर्ण तयारी गरेर हामी करीब ४ बजे तीर हलमा पुग्यौं ।

निकै सुन्दर थियो हल । अहा कस्तो अनौठो अनुभूति थियो त्यहा निहाल्दा । हल भित्र नौमती बाजा बजाउँदै थिए । नौमती बजा समूहका साथीहरु बाहिर बिस्तारै राता साड़ीमा चेलिबेटीहरुको आगमन हुँदै थियो । हर्दाहेर्दै पूरा हल भरियो । मैले सोंचेको नै थिएन, यसरी जनमास उर्लिन्छ भनेर त्यहाँ कुनै ख्याति प्राप्त पेशेवर कलाकार थिएन । फेरी पनि त्यो जमात देखेर एउटा कुरामा गर्ब गर्न मन लाग्छ कलाकारको नामले जनताको मन जितिदैन । उनीहरु सामु पुगे हुन्छ, सत्य बोले हुन्छ, उनीहरुको दुःख सुखमा साथ हुनुपर्छ । सायद यो एकता समाजले गरेको सामाजिक कार्यको फल पनि होला ।

मधेशी पहाड़ी हिमालका हिमाली
सयौं जात जनजाति हामी सबै नेपाली

भन्ने राट्रप्रति एकता भाब बोकेको गीतले समस्त दर्शक चेलिबेटीलाई हामीले स्वागत गर्यौं अनि आफ्ना गहकिला कोशेली लिएर ओसाका भरिका नेपाली चलीहरुले हल नै नचाउनु भयो । मैले बल्ल जवाफ पाएँ ती मुहारले के दर्शायो भनेर । जहाँ भएपनि हामी नेपाली हौं, हामीलाई नेपाल र हाम्रो संस्कृति प्यारो छ । हामी एकतामा रमाउँछौ ।

अहा कस्तो सुन्दर नृत्य कस्ता बास्तविक बोकेको गीतहरु बाजार सुनिनी देखिने भन्दा धेरै फरफ थिए । त्यसपछि मेरो नै पालो आए छ । मञ्चमा उभिएर अगाडि हेरें गजबको छ हाम्रो परम्पार । प्रदेश जस्तो नै लाग्दैन हेर्दा मैले प्रदेशीलाई सन्देश दिंदै गीत गाए म डुल्दै जादा, तलमा पर्यो बेशीको फाट जस्ता गीत गाएँ ।

हुन त म आफैले सृर्जना गरेको गीत पनि छन् दर्जनौ । करिब २ दर्जन गीतहरु संगीत गरिसकेको छु । तर म कुनै जनगायक होइन केहि प्रगतिशील गाउँदैमा जनबादी गीत गाउँदैमा जनताको गायक भैदैन । तर जीवन्त जनताको गीत गाउँने अठोट भने संगालेको छु ।

अति नै रमाइलो गरेर कार्यक्रम समाप्त भयो । अनि फेरी तीता मीठा कुरा त्यो रात भीम सर, किसन सर, कुलबीर थापाको साथमा बित्यो । भोलीपल्ट बिहानै फेरी सेनदाईको यात्रामा हिडें । यो पुरा यात्राले नयाँ ऊर्जा थपेको छ जीबनको अमूल्य यात्रा मध्यको यो पनि एउटा बनेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here