दुःखीछु
छटपटाईमा छु
मनमा देशको तस्वीर छ
नसानसामा रगत उम्लिएको छ
चिन्ता सिमाना मिचियो की
नदी बेचियो की
राष्ट्रघाटी सम्झौता भयो की
देशको अश्मिता लूछियोकी
यही चिन्तामा छु
भोली हामी पहाडी न रहने हो की
भोली हामी हिमाली न रहने हो की
भोली हामी तराईवासी न रहने हो की
भोली हाम्रो सयौजाती न रहने हो की
भोली हाम्रो सयौ भाषी न रहने हो की
यही पिरमा छु
थाहा छैन रातारात कुन देशमा गाभिने हो
थाहा छैन रातारात कुन देशीय हुने हो
थाहा छैन रातारात कुन दलर चल्ने हो
थाहा छैन रातारात कुन भाषा फेरिने हो
यही पिडामा छु
मन परदेश्मा छ तन देशमा छ
शरीर परदेश्मा छ चिन्ता देशको छ
दिन परदेशमा जान्छ
रात देशको सपनामा
जीबन परदेशमा छ
ज्यान मुलुकलाई सुमपिन मन छ
यही चिन्ता छ