म हिंडीरहने छु

0
128
  • रामप्रसाद पौडेल, हैदरावाद

एउटा समर यात्रामा,
भोका नाङ्गा निमुखा्
जनताको मुक्तिका खातिर
म हिंडीरहने छु
उत्पीडित जनको मुक्तिका खातिर
जागेको मेरो आस्था बोकी
म हिंडी रहने छु ।
निभ्न म दिने छैन
सुदुर भविष्य देख्ने ज्योतिलाई
तगारा र व्यवधानलाई पन्छाउँदै
म हिंडीरहने छु
असमानताको खाडललाई पुर्ने भनि
जागेको मेरो इच्छा पुरा गर्न
म हिंडीरहने छु
गरिबको सुदिन ल्याउन भनि हिंडदा हिंडदै
आज कपाल पाकि सक्यो,
दाह्री–जुंगा सेताम्य
गालामा मुजा पर्यो
तर आस्था चाउरिएको छैन,
त्यसैले त म हिंडी रहने छु
व्यक्तिगत स्वार्थ भन्दा लोक स्वार्थलाई केन्द्रीत गरि
हिंडन सिकाउने मेरो आस्थाको दियोलाई
निरन्तर बालेर म हिडीरहने छु
हुल बथान, सान सौकत र प्रलोभनले
मलाई प्रभाव पर्ने छैन
त्यसैले त म एक्लै हिड्न पनि छाड्ने छैन
जबसम्म मुक्ति भेटिने छैन
मुक्तिको यात्रामा जुटी रहनेछु, डटीरहने छु
नढल्ने बलियो मेरो आस्थालाई ढाल्न खोज्नेहरुलाई
चुनौती दिंदै
म निरन्तर हिंडीरहने छु
एउटा समर यात्रामा
भोका नांगा निमुखा
जनताका खातिर म
हिंडीरहने छु, लडिरने छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here