मृगौला रोगीलाई सहयोग

0
334
निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिको पहलमा पर्वत जलजला गाउँपालिका ४ निवासी गन बहादुर परियारका वर्ष ३९ का गुप्त बहादुर परियारलाई भारु. १ लाख २ सय १ सहयोग गरेको छ ।
दुबै मृगौला फेल भएका गुप्त बहादुर परियारले नगर समिति निलगिरीमा आर्थिक सहयोगका लागि निवेदन दिए पश्चात नगर समितिका प्रतिनिधिहरुले परियारको आर्थिक अवस्था बारे छानविन गरेको थियो । परियारको आर्थिक अवस्था कम्जोर रहेकोले मृगौला उपचारका लागि नगर समितिले आम नेपालीहरु र स्थानीय बासीहरुबाट आर्थिक संकलन गरि तीजि कार्यक्रमको अवसरमा पिडित गुप्त बहादुर परियारको बाबु गन बहादुर परियार हस्ते क्षेत्रीय सदस्य विरे थापा र नगर अध्यक्ष टेक बहादुर विकले सो रकम हस्तान्तरण गर्नुभएको थियो ।
गुप्त बहादुर परियार लामो समयदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिमा सक्रियताका साथ काम गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here