मूल प्रवाह तारापुरको सम्मेलन तयारी भेला सम्पन्न

0
316

तारापुर, २६ मई । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समितिको सातौ सम्मेलन तयारी भेलामा सम्पन्न भएको छ । भेलाले ज्ञान प्रसाद भट्टराईको संयोजकत्वमा ८८ सदस्यीय सम्मेलन तयारी समिति गठन गरेको छ ।

नगर समितिका अध्यक्ष ज्ञान प्रसाद भट्टराईको अध्यक्षता तथा केवी राईको सञ्चालनबाट अगाडि बढेको सो भेलामा क्षेत्रीय उपाध्यक्ष टंक कुवरको प्रमुख आतिथ्यता रहेको थियो ।

कुंवरले बिस्तारित भेलालाई उद्घाटन मन्तव्यको क्रममा एकता समाजले स्थापना कालदेखी नै भारत स्थित नेपालिहरुको बिचमा समाजिक कार्यहरु गर्दै आएको बताए ।

मुल प्रवाह तारापुर नगर समितिले सातौं सम्मेलनसम्म आइपुग्दा तारापुर स्थित नेपालीहरु माथी हुने समय समयमा घट्ने घटनाहरुलाई सामाजिक न्याय दिलाउने काम गर्दै आएको बताए ।

भेलामा रक्तिम बिभागका बोम सिंजापती, मुल प्रवाह क्षेत्रीय समितिबाट गंगाराम भट्टराई, महिला बिभागबाट सबिता चापागाइ, रास्टिय जनमोर्चा नवलपरासी जिल्ला तेजलाल न्यौंपानेले लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here