मूल प्रवाहले ७० वर्षे वृद्धालाई उद्धार गर्यो

0
512

चंडिगढ, ३० नोभेम्बर । उमेर ७० वर्षको, लैरो टेकेर हिडन पनि धौ–धौ अनि लडखडाउँदै ३० नोभेम्बरका दिन विहान करिव ९ः३० बजेको समयमा नेपाल जान भनि एक ट्रावलसँग सम्पर्क गरि सेक्टर २८ मसालचौकमा आटोरिक्साबाट झरेकी आमालाई मैले भने आफ्नो कार्यस्थल भित्रबाट चिहाउँदा एक अधवैसेयुवा संगै एक फाटेको झोल र एकवोरा नजिकै चौपारीमा सामान राखेर साइडमा रहेको रेलिंगलाई समाएर भूँइमा वसेकी थिइन् ती वृद्धा आमा । प्रतिदिन यात्रीहरु नेपाल जाने आउने देख्नेहुँदा र ती युवा छोरा नै होलान् भण्ठानी मैले खासै त्यता ध्यान नदिई आफ्नै काममा लागिरहेको थिएँ ।

विहानको करिव १०ः३० मा नेपाल जाने गाडि गुडन मात्र थोरै समय थियो जुना चालिसे जो भारत स्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह एकता समाजको एक महिला कार्यकर्ता पनि हुन उनी आउने वित्तकै वुढी आमा तर्फ नजर गयो उनी हाम्रो कायस्थल भित्र पनि नपसी बाहिरै त्यी आमासँग सोधपुछ गर्न थालिन् ।

त्यी आमालाई मानौं आश्रय मिले जस्तै भएछ क्यारे । केहीवेर मै उनी जुनासँग छातीमा टासीएर भक्कानो छोडदै रुन थालिन् । हामी सबैको ध्यान त्यतै गयो करिव ४०–४५ जनाभन्दा वढिको भिड जुट्यो हामी अनि त्यो भिड भित्र म पनि पसे । केही वेरमै हामीहरुको सोधपुछबाट जुन भयावह तस्वीर वाहिर आयो, त्यसको संक्षिप्तमा दिएका छौ ।

पाल्पा जिल्ला वन्दीपोखरा नगरपालीका ६ पश्चिम गाउ, तिनलाकुरी स्थायी ठेगाना भए पनि हाल कुनै घर वा चल अचल सम्पती नभयकि ७० वर्षिय वृद्धा आमाको विचल्ली अवस्थामा उद्धार गरिएको छ । श्रीमान तिलविर टंडनको २० वर्ष पहिल्लै निधन भएको र २ छोराहरु मध्ये कान्छो छोरा पनि १९ वर्षदेखि हराएको बताउने शान्ता टंडन, दुःख र कष्टका कैंयन अप्ठाराहरु पार गर्दै आयकी रहिछन् । करिब १६ वर्ष पहिला भारतमा जागीर गर्न निस्केका छोरा–वुहारीहरुसँग उनको जीवनको भविष्यको सुन्दर सपना पनि जोडिएको थियो तर विडम्बना उमेरले कोल्टे फेर्दै जाँदा र आफ्नो शरीरले पनि भने जति गर्न नसक्दा शान्ताटंडन करिव ६४ वर्षको उमेरमा गुल्मीको रिडीमा वस्ने र आउने जानेहरुको दयाको २–४ पैसा वा खानेकुराको सहारामा वाच्न थालिछन् ।

यता भारतको मोहालीमा रहेको जेठो छोरा प्रकाश (जो श्रीमती सहित तिन सन्तानका बुबा पनि हुन) लाई आमाले रिडीमा भएको बताए पछि गत छ महिना पहिला आमालाई रिडीबाट मोहालीमा ल्याएपछि जीवनको अन्तिम अवस्थामा कमसेकम सुख पाइने भयो भन्ने आशा लागेको थियो । तर शान्ता टंडनको जीवनको उत्तरार्धमा विडम्बनामा परिन् । उनका अनुसार “उनका लत्ताकपडा धुने र सेवा गर्ने त परै जाओस, भेट भरि खान दिएनन्” बलिन्द्र धारा आँशु खसाल्दै शान्ताले भनिन्– “छोरा बुहारीले कर्तव्यसम्म निभाएनन् ।” उनको आँशु झार्दै दिएको कहाली लाग्दो व्याथा सुनाइन् ।

वास्तवमा दुख पिडाको आमाको त्यो तस्वीर देखर हाम्रो शरीर पनि काप्न थाल्यो । अझ कालो न कालो कटकटिएको कपडाहरु लागाएकी, करिव ५/६ महीनादेखी गन्हाएको जस्तो शरिर, गुटुमुटु परेको मैला नै मैला कपाल भित्रबाट हुस्स गन्हाउने । उनको त्यो शरीर देखेपछी सबैजनाले नजिकै रहेको उनको छोरालाई वोलाए । उनीलाई खारखेर पार्दा अझै गम्भीर तस्वीर वाहिर आयो जब हामी त्यो वोरी र झोला खोल्यौ त्यसभित्र एउटा पनि लगाउने सकीने कपडा थिएनन् । पुरै कलेटि परेका गन्हाउने, धोती, फाटेका पेटिकोट र केही अन्य कपडाहरु, पुजाका सामान जो मानिसले त के जानवरहरुले पनि प्रयोग गर्न नमिल्ने खालका, पोचालगाउन पनि घिनलाग्ने जस्ता कपडाहरु त्यो देख्ने सबैले त्यो छोरालाइै सबैले विभिन्न टिप्पणी गरे । हामीले भने अब निर्णायक रुपमा लाग्ने गरि छोरालाई उनको श्रीमती र आफन्तजनहरुलाई छिट्टो वोलाउन दवाव दिदै आमाको टिकट वापस गरायौ ।

करिव आधा घंटा भित्रै सवैजनालाई जम्मा गरेपछि मूल प्रवाह एकता अखिल भारत नेपाली एकता समाजका महिलाहरु जुना चालिसे, सरस्वता भुसाल, लक्ष्मी अधिकारी, विष्णु अर्याल, राधा खडका, एरिया सदस्य रुद्र अधिकारी र म समेत सगरमाथाका गोपाल वन्जाडे, प्रेम विसी, तिलक सुनार,लक्ष्यण खडका, सोनु केसी, खेम बहादुर तथा छोरा (प्रकाश टंडन, वुहारी वुद्धि देवी र आफन्तजनहरु समेतको उपस्थितिमा छलफल पछि छोरावुहारीले आफुले गल्ली गरेको स्वीकार गरेर एकता समाजलाई कवुलनामा पत्र वुझाए ।

त्यसपछि समाजले छोरा वुहारीहरुलाई ३ वटा विकल्प दियो । पछिल्ला गल्तीहरु सुधारी आमाको स्याहर, सुसार, औषधी, उपचार र रेखदेख आफुसँग आफ्नै घरमा राखेर गर्ने, २ वहालाई मासिक खर्च दिई भाडाको रुममा देशभित्र राखिदिने, ३ वृदा आश्रममा रखाउने ।

विकल्प पाउना साथ छोरावुहारीले पहिलो विकल्प नै चुने रं मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई लिखीत प्रतिज्ञा पत्र दिएर आमालाई आफु साथै लगे । छोरावुहारीले आफै प्रतीज्ञा गरेर कति निभाउछन् । त्यो भने हेर्न वाकी छ ।

आज समाजमा यो त एउटा उदाहरण मात्र हो यो र यो भन्दा अझै भयानक अवश्थामा वृद्धाहरुले जीवन निर्वाह गरिरहेका प्रसस्तै उदाहरण हरु पाइन्छन् । यो समाज भित्र त्यसप्रकारको अमानवीय व्यवहार रोक्न सामाजिक आंदोलनको कडिसंगै जोडेर हामी सवैलाग्न सक्यौ भने थोरै भयपनि न्याय दिलाउन सक्ने छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here