मूल प्रवाहले दिलायो ५ लाख क्षतिपूर्ति

0
806

चेन्नई, ७ अप्रेल । भारतमा रहेको सामाजिक छाता संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले लेखनाथ रेग्मीका परिवारलाई क्षतिपूर्ति स्वरुप भारु ५ लाख दिलाएको छ । लेखनाथ रेग्मी प्युठान झिमरूक गाउपालिका १ बेताने निवासी टेक प्रसाद उपाध्यायका कान्छा छोरा हुन् । उनको १४ मार्चका दिन निधन भएको थियो ।

४८ बर्षका रेग्मी चेन्नई स्थित टण्डयारपेटको थंगमालीगाइ विवाह हलमा कार्यरत थिए । उनको डिउटीको दौरान करिव ३ बजे बिल्डीङको तेस्रो मंजिललबाट खसेर श्री हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो ।

विवाह हलका मालिकले रेग्मीको मृत्यु स्वभाविक बताउँदै क्षतिपूर्ति नदिने र उपचार समेत नगर्ने बताएका थिए । सो खबर एकता समाजमा जानकारी हुनासाथ केन्द्रीय सदस्य महेन्द्र बस्यालको नेतृत्वमा दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष शेरबहादुर विक, चेन्नई पूर्व नगर समितिका सचिव केटीप्रसाद पोख्रेल, चेन्नई उत्तर नगर सदस्य रमेश बिसी र सदस्य रामप्रसाद भट्टराई सहितको प्रतिनिधि मण्डल घटना स्थलमा पुगेको थियो ।

प्रतिनिधि मण्डलले पुलिस प्रशासन र विवाह हलका मालिकसँग क्षतिपूर्तिको मागको लागि कडा प्रतिवाद र संघर्ष गरेको थियो । प्रतिनिधि मण्डलको प्रतिवाद र संघर्षका अगाडि मालिक र स्थानीय प्रशासन नतमस्तक भएर आखिकार मृतकका परिवारलाई रू. ५ लाख भारू र दाहसंकार खर्च दिन सहमत भएका हुन् ।

लेखनाथ रेग्मी कार्यरत संस्थानका मालिक मदन मोहनले समाजका केन्द्रीय सदस्य महेन्द्र बस्याललाई भारु. ५ लाखको डिडि हस्तान्तरण गरेका छन् । सो डिडि चेन्नई पूर्व नगर समितिका सचिव केटीप्रसाद पोख्रेलले राष्ट्रिय जनमोर्चाका जिम्मेवार नेतृत्वको हस्ते मृतकका परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको समाचार छ ।

मृतक लेखनाथ रेग्मीको पार्थिव शरिरलाइ हिन्दु संस्कार अनुसार १६ मार्चका दिन नै एकता समाजका कार्यकर्ता र आफन्तजनको उपस्थितमा दाहसंकार गरिएको थियो । रेग्मी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य पनि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here