मूल प्रवाहमा प्रवेश

0
580

चेन्नई उत्तर । नेपाली काँग्रेस निकट रहेको भारत प्रवासको संगठन जनसम्पर्क समिति भारतको चेन्नई माउन्टरोड एरिया समितिमा कोषाध्यक्ष पदमा काम गर्दै आउनु भएका चित्र बहादुर ठकुल्लाले सो संगठन परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ ।

        ठकुल्लाले नेपाली काँग्रेसले नेपाली जनताको भन्दा पनि आफ्नो पार्टी र आफ्नाहरुको स्वार्थ मै तल्लिन रहेकाले श्रमजिवी नेपालीहरुको पक्षमा काम नहुने बताउँदै सो काँग्रेस निकट रहेको जनसम्पर्क समिति परित्याग गरेको बताए । उनले भारत प्रवासमा नेपाली श्रमजिवीको पक्षमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्र अग्रस्थानमा रहि काम गर्दै आएको समेत बताए ।

  उनलाई क्षेत्रीय समितिका कोषाध्यक्ष शेर बहादुर विक, नगर समितिका उमानन्द आचार्य, नगर समितिका तिलक राम गोराथोकी, नरबहादुर विक, चन्द्र बहादुर थापा, सोनु बराल, दिपा शर्मा, दुर्गा देवी सुवेदी, लोकनाथ आचार्य लगायतका नेता कार्यकर्ताहरुले अविर लगाएर स्वागत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here