मूल प्रवाहद्वारा सहयोग हस्तान्तरण

0
145

आगरा । नेपाल चितवत निवासी सन्दीपको विगत ९ अगस्त २०१८ को उत्तराखण्ड निवासी आफन्तहरुसँग भेटघाट सन्दर्भमा स्थानीय नदीको किनारामा सेल्फी खिंच्दा खुट्टा चिप्लिएर नदीमा डुबेर मृत्यु भएको थियो । घटनाको जानकारी नगर समिति आगरामा हुनासाथ परिवारिजनको सम्पर्क पछि आवश्यक सहयोग पुर्याइएको थियो ।

उनी प्रेमबहादुरका २७ वर्षीय छोरा स्व. सन्दीप हुन् । मृतक सन्दीपको परिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सहयोग गरिएको हो । सो सहयोग मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति आगराका अध्यक्ष मीट्ठू के.सी., पूर्वाध्यक्ष राम बहादुर केसी र केन्द्रिय पार्षद ध्रूव शाहको नेतृत्वमा भएको हो । सन्दीपका परिवार हाल भगवती ढाबा, सिकन्द्रा आगरामा रहँदै आएको छ ।

यसै क्रममा १५ अगस्तको मृतकको घर गएर श्रदाञ्जली अर्पित गरिएको थियो । नगर समितिद्वारा ४ हजार ७ सय रुपैयाँ सहयोग प्रदान गरिएको छ । सन्दीपले आफ्नो पछाडी परिवार र ५ बर्षिय अबोध २ पुत्रहरू छोडेका छन् ।

सहयोग हस्तान्तरणको सन्दर्भमा मीट्ठू के.सी., प्रताप पान्डे, राम ब.के.सी., ध्रूव शाह, दिननाथ थापा, राजू सोनी, राजेश सोनी, भीम राज, उमराज सुनार, कर्नल गुरूङ्ग, अजय सिंह ओली, पिन्टु थापा, कृष्ण विस्ट, टिंकु सिंह ओली, लाल बहादुर र सोनू थापाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here