मूल प्रवाहको संगठन विस्तार

0
663
चेन्नई दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समिति द्वारा सञ्चालित पल्लावरम एरिया समिति अन्तर्गत नागलकेनी टोल समिति गठन गरिएको छ ।
अध्यक्षता हिरा गिरीले र सञ्चालन दिवाकर पौडेलले गर्नुभएको थियो, ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चिा धनमायाँ हमालले भेलामा सहभागिहरुलाई स्वागत मन्तव्य दिनुभएको थियो । भेलामा नगर अध्यक्ष शिव पन्थी, सचिव लोकेन्द्र पौडेल, नगर सदस्यहरु क्रमश: रन बहादुर थापा, भवानी प्र. पोखरेलले, रामकुमारले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
जसमा: अध्यक्ष– कृष्ण प्रसाद न्यौंपाने, उपाध्यक्ष– लेखनाथ शर्मा, सचिव– हेमराज गौतम, सहसचिव– चन्द्र बहादुर थापा र कोषाध्यक्ष– धनमाया हामाल रहेका छन् । त्यस्तै सदस्यमा: सुजित परियार, धर्मराज पौडेल, नन्द बहादुर परियार, घनश्याम पुरी, रिखिराम शर्मा, बोधराज पौडेल, सुश्मिता शर्मा, देवी पौडेल, खिमा गिरी र कोपिला चालिसे रहेका छन् ।
क्षेत्रीय सदस्य ज्योतिनारायण सुवेदीले नयाँ समितिलाई बधाई दिनुभएको थियो ।
त्यसैगरी सोही नगर समिति द्वारा सञ्चालित तथा सोही एरिया समिति अन्तर्गत मिट कालेजमा टोल समिति गठन गरिएको छ । नगर सचिव लोकेन्द्र पौडेलको विशेष उपस्थिति तथा नगर समितिका जीवन शर्मा र रनबहादुर थापाको पहलमा तेजेन्द्र चालिसेको अध्यक्षतामा टोल समिति गठन गरिएको छ । जसमा: उपाध्यक्ष– राम प्रसाद शर्मा, सचिव– सुजन मायाँ, सहसचिव– चित्र बहादुर केसी, कोषाध्यक्ष– होमनाथ शर्मा, सदस्यहरुमा मिलन थापा, जीवन थापा, रन बहादुर थापा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here