मुर्दावाद भनौँ

0
186

सुरेशकुमार पान्डे

निर्दोश बाल–बालिका मार्नेलाई मुर्दावाद भनौँ,
मानवताको बिरुद्धमा नार्नेलाई मुर्दावाद भनौ

सिरियाको धर्तिमा बगेको निर्दोश रगतको भेल,
अमानवीय अत्याचार झार्नेलाई मुर्दावाद भनौँ

कता लुकेकाछौ मानबवादी न्यायका ठेकेदार,
रगतको भेलमा लाश तार्नेलाई मुर्दावाद भनौँ

उठ–जूट संसारभरिका न्याय युद्धाहरु अतिभयो,
मानवता बिरुद्धको नीति सार्नेलाई मुर्दावाद भनौँ

दुनियाँमा खौफ श्रृजित गरेर लुट्ने साम्राज्यवादी,
निर्दोश जनता संसारमा खार्नेलाई मुर्दावाद भनौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here