मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देश

0
250

दिपावली अर्थात तिहार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
सांस्कृतिक पर्वहरुले समाजमा सद्भाव, भातृत्व र मेलमिलाप बढाउँदै सबैलाई एकताको सुत्रमा बाँधेका छन् । तिहारले पनि समाजमा सद्भाव र एकता बढाउन भूमिका खेल्दै आएको छ । तिहार नेपालीको मौलिक पर्व हो । समय बदलिएसगैं यसको मौलिकता हराउँदै छ । हराउँदै जान थालेको मौलिकता जोगाउन सक्दा मात्रै भावी पुस्ताप्रति न्याय हुनेछ ।
परिवारिक मिलन र सामाजिक सद्भाव बढाउन पर्वहरुलाई मनाउन सक्दा मात्रै समाजलाई सही दिशामा अघि बढाउन सकिन्छ । अहिले पर्वमा तडकभडक बढ्न थालेको छ । तिहारलाई तडकभडकपूर्ण ढंगले नभई मौलिक पहिचान जोगाउँदै मनाउन म समस्त प्रदेशवासीमा हार्दिक अपील गर्दछु ।
अहिले मुलुक आधारभूत रुपमा संविधान कार्यान्वयनको दिशातिर मुलुक अघि बढेको छ । राजनैतिक रुपमा संघीयता कार्यान्वयन भइरहेको छ । हामी प्रशासनिक र वित्तीय संघीयता कार्यान्वयन गर्दै व्यवहारिक रुपमा संघीयताको पूर्णतः कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा संकल्पित छौं । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं ।
मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको वाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपिल गर्दछु ।
अन्त्यमा, तिहार पर्वको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना ।

शंकर पोखरेल

मुख्यमन्त्री
मिति २०७५, कार्तिक २३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here