काठमाडौं, चैत्र १० । राष्ट्रिय जनमोर्चा निकट रहेको अखिल नेपाल युवक संघ काठमाडौं महानगरमा धमाधम संगठन विस्तारमा लागेको छ । सोही सन्दर्भमा संघले बागबजारमा भेला सम्पन्न गरेको छ ।
जिल्ला सदस्य भिम भट्टराईको अध्यक्षता र जिल्ला सदस्य जिबराज बस्नेतको सञ्चालनबाट अघि बढेको महानगर भेलामा युवक संघका केन्द्रीय सचिव रमेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
युवक संघ काठमाडौं जिल्ला संयोजक भक्त बि.क, राजमोका नेता आनन्द शर्मा, युवक संघ काठमाडौंका इन्चार्ज संजाल शर्मा, राजमो काठमाडौं महानगरका अध्यक्ष रितु केसी, राजमो काठमाडौंका जिल्ला सहसचिव जगत रेग्मीको आतित्थ्यता सहित भेला सम्पन्न भएको हो ।
भेलाले भिम भट्टराईको अध्यक्षतामा ११ सदस्यीय महानगर समिति गठन गरेको छ । समितिको उपाध्यक्ष– तारा चौधरी, सचिव– नवीन केसी, सहसचिव– बृन्दा केसी र कोषाध्यक्ष– गणेश पौडेल चयन भएका छन् । सदस्यहरूमाः नबिन केसी खनाल, अस्मिता खनाल, अर्जुन पौडेल, समीर शाही, जिबराज बस्नेत र निराजन भुललाई चयन गरिएको छ ।
भेलाले यहि चैत्र १७ गते हुने काठमाडौं जिल्ला सम्मेलनलाई भब्य रुपमा सम्पन्न गर्नको लागि सदस्यता वितरण लगाए, जनभेटघाट कार्यक्रम तय गरेको छ ।