मालदिभ्समा प्रजातन्त्रमाथिको कुठराघातको कोसिश: मसाल

0
333

काठमाडौं । मालदिभ्सका वर्तमान राष्ट्रपतिले देशमा संकटकाल लगाउने र न्यायाधिशहरुलाई गिरफ्तार गर्ने गरेको घटना र त्यसप्रकारको कारवाहीलाई नेकपा (मसाल)ले प्रजातन्त्रमाथिको गम्भीर प्रकारको कुठराघात बताएको छ । पार्टीका महामन्त्री मोहन विक्रम सिंहले एक प्रेस विज्ञप्ती जारी गरि पार्टीको धारणा सार्वजनिक गरेका छन् । वक्तव्यमा अगाडि भनिएको छ त्यसप्रकारको परिणामले अधिनायकवादी शासन कामय हुने खतरालाई समेत पार्टीले औंल्याएको छ । मालदिभ्समा अधिनायकवादी शासन कायम गर्ने प्रयत्नको समेत वक्तव्य मार्फत भ्रत्सना गरिएको छ । शान्ति, सु–व्यवस्था कायम गर्नका लागि विश्वका सम्पूर्ण न्याय र प्रजातन्त्रवादी पक्षधरहरुको समेत ध्यानाकर्षित गर्नका लागि समेत अपिल गरिएको छ ।

वक्तव्य
“मालदिभ्समा घटेका घटनाहरुलाई ने.क.पा.(मसाल)ले गम्भीर रुपमा लिन्छ । त्यहाँको सर्वोच्च अदालतले पूर्व राष्ट्रपतिका विरुद्ध लगाइएको आरोपलाई राजनीतिक उद्देश्यले प्रेरित भनेर उनलाई सफाइ दिने फैसला गरेको छ । त्यसका साथसाथै विपक्षका राजवन्दीहरुलाई पनि रिहाइ गर्ने आदेश दिएको छ ।

वर्तमान राष्ट्रपतिले सर्वोच्चका त्यस प्रकारका निर्णयलाई पालन गर्न अस्वीकार गरेपछि सर्वोच्चले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो । त्यहाँका प्रहरीका आइजीपीले सर्वोच्चको आदेशलाई पालना गर्ने बताएका थिए । तर वर्तमान राष्ट्रपतिले उनलाई (प्रहरीका आईजीपीलाई) पनि वर्खास्त गरे ।

वर्तमान राष्ट्रपतिले देशमा संकटकाल लगाउने र न्यायाधिशहरुलाई गिरप्तार गर्ने समेत काम गरेका छन् । हाम्रो पार्टीले त्यस प्रकारको कारवाहीलाई प्रजातन्त्र माथिको गम्भीर प्रकारको कुठाराघात ठान्दछ र त्यसको परिणाम स्वरुप त्यहाँ अधिनायकवादी शासन कायम हुने खतरा उत्पन्न भएको छ । हामीले त्यहाँ अधिनायकवादी शासन कायम गर्ने प्रयत्नको तीब्र शब्दमा भ्रत्सना गर्दछौं । त्यसका साथै त्यहाँ शान्ति, सु–व्यवस्था र प्रजातन्त्र कायम गर्नका लागि सम्पूर्ण विश्वका न्याय र प्रजातन्त्र पक्षधर जनताको ध्यान आकर्षित गर्न चाहन्छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here