मह कृषकहरु श्रोतको खोजीमा भौंतारिंदै

0
307

नवलपरासी । माहुरीको महको कुरा गर्दा नै आहा खाउँ खाउँ नलाग्ने थोरै नै होलान् । महको बारेमा हामीले वालापनमा छँदा गुलियो स्वादको लागि मात्रै खाने गरिन्थ्यो । हुन सक्छ, अहिले गाउँ वस्तीहरु र शहरहरुमा पनि थोरै मानिसहरुलाई महको फाइदाको बारेमा जानकारी होला । हुन त, युगले धेरै नै फडको मारिसकेको छ, कैयौं परिवर्तनहरु आएका छन् । स्वयं माहुरीमा पनि ठूलै परिवर्तन आइसकेको छ ।

यतिवेला प्यूठान सरुमारानी गाउपालीका वडा नम्बर ३ का माहुरी माहुरी पालक कृषक काजीमान केसी र केशव राना नवलपरासी पुगेका छन् । उनीहरुले करिब ३ महिनासम्म सरुमारानी गाउपालीका अन्तर्गतकै प्यारपाटामा गुजारे । करिब ६५ घार माहुरी लिएर उपयुक्त श्रोतहरुको खोजी गर्दै हिडेका उनीहरु नवलपरासीको सरावली गाउपालीका वडा नम्बर २ मनावरी भन्ने ठाउँमा पुगेका हुन् ।

फूटकर प्रति किलो रु. ५५० रुपैयाँ र थोक विक्री प्रति किलो रु. ४५० मा विक्रि गर्दै हिंडेका उनीहरुले बजार भाउ राम्रो नपाएको गुनासो गरेका छन् । त्यस्तै राज्यले माहुरी कृषकहरुप्रति उदासिन भएको पनि कैयौं माहुरी कृषकहरुबाट सुन्नमा आइरहेको छ । जाडो याममा पनि माहुरीलाई बचाउन समस्या, गर्मिमा पनि बचाउन समस्या, त्यस्तै उत्पादन भएका मह विक्रिका लागि पनि उपयुक्त बजार व्यवस्थापन नभएकोले निरन्तर घाटा खानु परेको गुनासोहरु आइरहेको छ ।

महः
आजभोली महको केवल फाइदा मात्रै नभएर औषधी गुणका साथसाथै आयुर्वेकि र चिकित्सक पद्धतीले समेत मानेको छ । आयुर्वेदले महलाई अमृतसँग तुलना गरेको छ र कैयौं तथ्यहरुमा प्रमाणित पनि भएको छ । स्वास्थ्यसँग जोडीएका कैयौं बहुराष्ट्रिय कम्पनीहरुले अत्याधिक मात्रमा महबाट औषधी बनाएका छन् । खासगरी शरिरमा रहेको मोटोपनलाई घटाउन र शरिरलाई लगातार व्यवस्थित बनाइ रहनका लागि पनि मह उपयुक्त मानिन्छ ।

महबाट विटामिन ए, बी, सी, सोडीयम, फास्फोरस, आयोडीन, आयरन, कैल्शियम, कोपर, मैगनीशियम, पोटैशियम जस्ता खनिजहरु र अन्य पोषक तत्वहरुका भंडार नै हो भन्दा हुन्छ । त्यसैले महको प्रयोगले शरिरलाई अत्यन्तै फाइदा रहेको तथ्य आयुर्विज्ञानले प्रस्तुत गर्दै आएको छ ।

महको फाइदा
-महको सेवनले खुनमा हिमोग्लोबिनको स्तर बढाउँछ ।
-महले शरीरमा रक्त सञ्चार क्षमताको बृद्धी गर्दछ ।
-मह चीनीको तुलनामा एक उत्तम विकल्प हो । किनकी महको रासायनिक तत्वहरुमा सामान्य शुगर हुन्छ । जसमा ग्लूकोजको मात्रा थोरै हुन्छ र गुलीयो पन चीनी जती नै हुन्छ ।
-महमा एंटीएक्सीडेंट क्षमताको कारण एउटा राम्रो एंटीबैक्टीरियल और एंटीसेप्टिक हुन्छ ।  जसबाट संक्रमण र घाउ निको हुनमा सहयोग गर्दछ ।

-महमा हुने अम्लीय संरचनाको कारण पेटमा हुने रोगहरु जस्तै कब्जीयत, पेट फुल्ने र गेस्टीकमा लाभकारी हुन्छ ।

यस्तो महत्वपूर्ण औषधीको भण्डार नै भनौं मह । जसको उत्पादकहरुको समस्यालाई राज्यले समय मै व्यवस्थापन गर्ने कि ? अन्यथा मह उत्पादकहरुको भविष्य समाप्त भएर जानेछ । त्यस पछि हामीले बाध्य भएर पातन्जलीको महलाई अमृत भन्ने अवस्था नआउला भन्न सकिंदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here