महाराष्ट्रको चन्द्रपुरमा मूल प्रवाहको पाचौं सम्मेलन सम्पन्न

0
417

चन्द्रपुर, २६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने चन्द्रपर नगर समितिको पाचौं नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य रामप्रसाद आचार्यले गर्नुभएको छ ।

आचार्यले उद्घाटन मन्तव्यमा मूल प्रवाहको गौरबमय इतिहास रहेको बताउनु भयो । भारत स्थित नेपालीहरुका बिचमा आइपर्ने हरेक प्रकारको समास्यहरु समाधानका लागि संघर्षरत गर्दै आइरहेकोले नै एकता समाजको सांगठनिक अवस्था मजबुत बनेको बताउनु भयो ।

मोहन पुनको अध्यक्षता, प्रेमबहादुर थापाको सन्चालन र ओमप्रकाश गुरुङको स्वागत मन्तव्यबाट सम्मेलन अगाडि बढेको थियो ।

सम्मेलनले प्रेमबहादुर थापाको अध्यक्षतामा ७ पुर्ण, २ बैकल्पिक र २ सल्लाहकार गरि ११ सदस्यीय चन्द्रपुर नगर समितिको चयन गरेको छ । जसमाः उपाध्यक्ष– बाल कुमार गुरुङ, सचिव– अमर सिंह थापा, सहसचिव– भरत गुरुङ र कोषाध्यक्ष– मोहन पुन रहेका छन् । त्यस्तै सदस्यहरुमाः मनप्रसाद पुन, तेज कुमारी गुरुङ, बैकल्पिक सदस्यमा सन्दीप रोका र बलबहादुर ठाकुर रहेका छन् । सम्मेलनले सल्लाहकारमा ओम प्रकाश गुरुङ र नाम कलि थापालाई चयन गरेको छ ।

नवनिबार्चित समितिको तर्फबाट प्रेमबहादुर थापाले सपथ ग्रहण गर्नु भएको थियो भने कार्यकाल सफलताको शभकामना तथा बधाई केन्द्रीय सदस्य राम प्रसाद आचर्यले दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here