महामन्त्री सिंहहद्वारा भट्टराईले, शाही र वलीलाई बधाई ज्ञापन

0
17

काठमाडाैं

ने.क.पा. मसालका महामन्त्री मोहनविक्रम सिंहले कास्की क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित विद्या भट्टराई, ४ नं. प्रदेशसभा सदस्यमा बाग्लुङ २ ख बाट विजयी खिमविक्रम शाही र ५ नं. प्रदेशसभा सदस्यमा दाङबाट निर्वाचित विमला वलीलाई मंगलबार एक वक्तव्य प्रकाशित गर्दै बधाई ज्ञापन गर्नुभएको छ ।
हालै सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले नेकपासँग चुनावी तालमेल गरेको थियो । तालमेलका क्रममा दुवैपक्ष बिच भएका समझदारीलाई राष्ट्रिय जनमोर्चाका तर्फबाट इमान्दारीतापूर्वक लागु गरेको भएपनि नेकपाले भने समझदारीको ठाडो उल्लङन गरेको सिंहले बताउनुभएको छ ।

महामन्त्री सिंहले समझदारी अनुसार बाग्लुङमा नेकपाले इमानदारीता देखाएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ भने प्यूठानमा गरिएको बैमानीप्रति क्षोप प्रकट गर्नुभएको छ । उहाँले स्थानीय तहमा नेपाली कांग्रेससित पनि तालमेल गर्ने नीति कायम हुँदाहुँदै पनि नेकपासित केन्द्रीय तहमा भएको समझदारी अनुसार जहाँ जिल्ला तहमा नेपाली कांग्रेससित तालमेलको सम्भावना थियो, त्यहाँ पनि हामीले उनीहरुसित तालमेलका लागि कुनै पहलकदमी नगरेर आफुहरुले इमानदारिता प्रकट गरेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here