मलाई झुक्काउदै छौ

0
161

जनकराज पौडेल, पाण्डेचेरी

कृतिम स्याऊ बजारमा आएका छन्
तिमी आफै हेर छाम 
के त्यो साच्चिकै अर्गानिक हो
वा पलाष्टिक ?
यदि पलाष्ट्रिक हो भने
तिमी निडरका साथ भनि देऊ
तिमी छट्टु हौ 
मलाई झुक्काउदै छौ ।

चाए त्यो चमत्कार नहोस्
तर पोषणयुक्त छ जुन
मैले खादै आएको छु
म त्यहि खान्छु ।

मलाई चाहिदैन असारमा रोपि 
श्रावणमा पाक्ने चामल 
त्यो विषादीयुक्त छ 
म छिट्टै अस्वस्थ्य बन्ने छु ।

मलाई बरु ढिलै भउस् 
म प्रकृतिको नियम संगत
फलेको चामल नै कुर्छु
बरु समय पर्खिदिउलाँ ।

विषादी प्रयोग गरेको 
फल चमत्कार देखिएलाँ
धेरैको आखाँ त्यतै पर्ला 
नाटक जस्तो 
मञ्च बाट गायव भै हाल्छ ।

त्यसैले म नियम संगत चल्छु 
वैलर कुखुराले वेग हान्न सक्दैन 
आफैमा गुटुमुटू हुन्छ उसमा कृतिम मिसाएको छ .. 
घर पालेको कुखुराको वेग हान्छ 
उ नियम संगत हुर्केको छ ।

मलाई वेग टाढाँ टाढाँ हान्ने मन पर्छ
एक छिन दौडेर विचमै खस्ने भन्दा
मलाई लामो समय सम्मको तेज मन पर्छ।
सुगन्ध आई एकै छिनमा मेटिने भन्दा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here