भोक भोकै सयौँ माइल हिंडाएर के गर्न खोजेको सरकार?

0
38

-पुरन पोख्रेल

इट्टा भट्टामा काम गर्ने सल्यान कपुरकोटकि एक ७ महिनाकी गर्भवती महिला काठमाडौं बाट हिँडेर गाउँ जादैछिन । यो एक उदाहरण हो हजारौं यस्तै मजदुरको हालत यहि हो । अनि मजदुर व्याबस्थापन गर , एकछाक नुन पानी खान देउ, पानी छेक्ने त्रिपाल भएपनी व्याबस्थापन गर भन्दा केही मान्छेहरूले बिरोध देखिरहेका छ्न, लकडाउनको उल्लंघन देखिरहेका छ्न ।साथीहरु हजारौं मजदुरहरुलाई भोकभोकै सयौं किलोमीटर हिडालेर के गर्न खोजेको सरकार ? के मजदुरलाई विचल्ली बनाएर मात्र कोरोना रोकिने हो त? अर्को चाहिँ देश भित्रै पसिना चुहाएर तस्कर, माफिया ,भ्रष्टाचारीहरुलाई पाले बापत उनीहरुलाई सजाय दिइएको हो?  के उनीहरुले तिमीहरूको जस्तै भब्य जीवन शैली मागेका छ्न?  होइन भने तिमीहरू कुन चाहिँ आँखाले यो बर्बरता र क्रूरतालाई मानवीयता देखिरहेका छौं ।

महत्त्वपूर्ण सबाल अझैपनी तपाइँ हामी जतिसुकै ठुला र सम्पन्न देखिएपनी हामी तेहि गरिबी, मजदुरीको धरातल बाट आएका हौं, तपाईं हाम्रा अशिक्षित बुवाआमाले मजदुरी गरेर हामिलाई अन्याय र चरम शोषण बाट मुक्त गराउन शहर पठाएर हामी अहिले जान्नी भएका हौं ।एकचोटि आफ्नो जीवन इतिहास पनि हेरौं ! यो क्रूरता र बर्बरता विरुद्ध बौलौ तपाईं हामी बोल्न नसक्नु कायरता र अपराध हो । हामी अहिले प्राविधिको जमाना हो टाएर बालेर सडक जानै पर्छ भन्ने केही छैन जुलुस लिकाल्न पर्छ भन्ने केही छैन । सामाजिक संजाल बाट भएपनी आग्रह गरौं, दवाव सृजना  गरौं । विचल्लीमा परेका मजदुरको उचित व्यवस्थापन गर्न जोड दिऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here