भालुबाङमा एक बृद्धको शब फेला

0
220

भालुबाङ ३० असोज । देउखुरीको भालुवाङमा एक बृद्धको शब फेला परेको छ । भालुबाङको निर्माणधिन बसपार्क नजिक भालु खोलामा मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी ५५ बर्षीय ती बृद्धको अहिले सम्म पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय भालुबाङ प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिनुभयो । हिजो राती मादर्कपदार्थ खाएर त्यो पुलबाट खसेर मृत्यु भएको हुन सक्ने आशंक गरिएको प्रहरीले जनाएको छ । मृतक ती बृद्धको साथमा कुनैपनि कागजपत्र नभएकोले पहिचानमा गर्न समस्या भएको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।

तर स्थानीयले भने पेन्सन चलिरहेको पेन्सनवाला हुन सक्ने र ती बृद्धलाई लुटपात गरी हत्या गरेको हुन सक्ने अनुमान रहेको छ ।

(तुल्सीपुर अनलाईनबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here