भारतमा एकता समाज नेपालीहरुको मुटुको धड्कन होः शर्मा

0
1395

भिवाड़ीको नवौं नगर सम्मेलन भव्यरूपमा सम्पन्न 

भिवाडी, १६–१७ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव खगेश्वर शर्मा पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरुको धडकन भएको बताउनु भएको छ । “राष्ट्रियताको रक्षा गरौं, भारतस्थित नेपालीहरुको सुरक्षा गरौं, आ–आफनो स्थानबाट मताधिकार र संसदमा प्रतिनिधित्वको आवाज सहित नगर सम्मेलन सफल पारौं” भन्ने मूल नाराका साथ मूल प्रवाहको मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत भिवाडी नगर समितिको नवौं नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले सो अभिव्यक्ति दिनु भएको हो ।
         सम्मेलनमा उद्घाटन मन्तव्य राख्दै महासचिव शर्माले एकता समाज भारत प्रवासमा छरिएर रहेका नेपालीहरुको मुटुको धडकन भएको दावी गर्नु भयो । लाखौं नेपालीहरुको विश्वास जितेकाले एकता समाजको यस्तो स्थिति रहेको उहाँको प्रष्टोक्ति थियो । “एकता समाजले भारतका प्रत्येक शहरमा पीडित नेपालीलाई व्यापक रूपमा सचेत र सङ्गठित गर्दै उनीहरुका समस्यामा सहभागी बन्दै आइरहेको छ” महासचिव शर्माले भन्नु भयो– “त्यति मात्र नभई देश–विदेशमा चल्ने न्यायिक आन्दोलनहरुमा एकता समाजले प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग र समर्थन गर्दै आइरहेको छ ।”
          देशको राजनीतिक सन्दर्भको चर्चा गर्दै शर्माले सरकार वामपन्थीहरुको बहुमतको भएता पनि नेपाली जनताको सास्ती कतै कम नभएको बताउनु भयो । “देशमा ठुला दुई राजनीतिक घटकको पार्टी एकता भएको छ, तर उनीहरुमा कम्युनिस्ट नैनिकता भने छैन” शर्माले भन्नु भयो– “उनीहरुले चाहेमा अहिलेको अवस्थामा संविधानमा उल्लेख गरिए जस्तै समाजवाद उन्मुख नीतिलाई व्यावहारिकता दिन सक्ने थिए । तर सरकारको नीति तथा कार्यक्रमले प्रष्ट पारेको छ– उनीहरुले मुखले आफूलाई कम्युनिस्ट बताएता पनि व्यवहारत: उनीहरु कम्युनिस्ट होइनन् ।”
          राम कुमार बस्नेतको सञ्चालन, किशोर राईको अध्यक्षतामा अघि बढेको उद्घाटन शत्रमा काजीराम श्रेष्ठले स्वागत गर्नु भएको थियो । केन्द्रीय सदस्य नारायण शर्मा, बाबुराम बस्नेत, क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे, बसन्त श्रेष्ठ, खेल विभागका राम बहादुर थापा र महिला क्षेत्रीय विभागकी तिला केसीले लगायतले शुभकामना दिनु भएको थियो ।
          सम्मेलनले काजीराम श्रेष्ठको अध्यक्षतामा १५ पूर्ण, चार वैकल्पिक र आठ सल्लाहकार रहेको भिवाडी नगर समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष राम कुमार बस्नेत, सचिव कृष्टि राई, सहसचिव अर्जुन परियार र कोषाध्यक्ष किशोर राई रहनु भएको छ । त्यस्तै सदस्यहरुमा राम प्रसाद घिमिरे, बसन्त श्रेष्ठ, गिर बहादुर थापा, झग बहादुर थापा, भेष बहादुर थापा, तिला केसी, बसन्त केसी, रमेश परियार, देवमाया बगाले र अम्बिका पोख्रेल रहनु भएको छ । त्यस्तै, वैकल्पिक सदस्यहरुमा काशीराम पार्दे, विश्वनाथ घिमिरे, बाबुराम खड्का र यामेश आले रहनु भएको छ । सम्मेलनले बसन्त केसी, अमृत केसी, उमेश थापा, समुन्दर खड्का, नारायण शर्मा, याम बहादुर भुजेल, टेक बहादुर थापा र डम्मर केसीलाई सल्लाहकारमा चयन गरेको छ । समितिको नामावली क्षेत्रीय समितिका अध्यक्ष बेल बहादुर रजालीले घोषणा गर्नु भएको थियो ।
          अतिथिहरु क्षेत्रीय समितिका सचिव नारायण ज्ञावली, सदस्य चित्रमान पुन, सल्लाहकार विष्णु भण्डारी, महिला केन्द्रीय विभागकी हुमा रजाली, महिला क्षेत्रीय विभागकी दिपा थापा, जनजाति क्षेत्रीय विभागका बल बहादुर खासु, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय सहसचिव कृष्टी राई, विद्यार्थी सङ्घ क्षेत्रीय समितिबाट पुनम थापा, रक्तिम केन्द्रीय विभागका रिम राना, रक्तिम क्षेत्रीय विभागबाट राम बहादुर थापा, प्रवासी नेपाली सङ्घ धारुहेडा नगर समितिका राम प्रसाद कँडेल लगायतले बधाइ दिनु भएको थियो । त्यस्तै, जयपुर दक्षिणका अध्यक्ष ओम थापा, जयपुर उत्तरका उपाध्यक्ष मङ्गल सिंह खड्का, रेवाडीका अध्यक्ष राम बहादुर खड्का, निमरानाका अध्यक्ष देवराज पुन, दिल्लीका नारायण कुश्मेलीले पनि बधाइ दिनु भएको थियो ।

        घोषणा सभा काजीराम श्रेष्ठको सञ्चालन, किशोर राईको अध्यक्षता तथा राम प्रसाद घिमिरे र रक्तिमका कलाकारको स्वागतबाट अगाडि बढेको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक परिवारको क्षेत्रीय विभागका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


महिला नगर विभाग गठन

       सम्मेलनको अवसरमा महिला नगर विभागको पनि भेला सम्पन्न भएको छ । भेलाले देवमाया बगालेको अध्यक्षतामा १७ सदस्यीय महिला विभाग भिवाडीको चयन गरेको छ, जसमा सचिव मञ्जु पोख्रेल, कोषाध्यक्ष कल्पना केसी र  सदस्यहरुमा इन्दिरा खड्का, फुल कुमारी राई, पवित्रा बुढाथोकी, मनमाया थापा, लक्ष्मी भट्टराई, सीता घिमिरे, शान्ता थापा, सृजना केसी, निर्मला थापा, फूलमाया कुमाल, शान्ता भुसाल, तिला केसी, सीता नेपाली र कमला केसी रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here