भारतबाट नेपाल पैसा पठाउन अब झनै सजिलो

0
278
नयाँ दिल्ली, १३ अक्टोबर । भारतबाट नेपाल पैसा पठाउन अब झनै सजिलो हुने भएको छ । भारतमा ग्लोबल आईएमईका प्रमुख ज्वाला शर्मा र अधिकृत दिपेन्द्र ढकालले दिएको जानकारी अनुसार आईएमई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्विस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा प्रारम्भ गरेको छ ।
सम्झौता अनुसार रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका दुई सय शाखा सहित १४ हजार भन्दा बढि एजेन्ट पार्टनरमार्फत् नेपालमा पैसा पठाउन सक्ने जनाइएको छ । यसरी पठाइएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढि एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ । यी दुई बीचको रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आईएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंकले सहजीकरण गर्ने जनाइएको छ ।
नेपालको पहिलो र सबैभन्दा ठूलो रेमिटेन्स कम्पनी आईएमई र विदेशी विनिमय बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको वाइजम्यान बीचको सहकार्यले भारतबाट नेपाल पैसा पठाउन सहजता थपेको आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए । उनले अगाडि भने– ‘इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने छ ।’ आईएमई र वाइजम्यानको सहकार्य पछि भारतमा रहँदै आएका नेपालीहरुलाई सहजै पैसा पठाउने ढोका खुलेको ढकालले बताए ।
वाइजम्यानले विश्वमा करिब २ करोड ५० लाख छरिएर रहेका भारतीय नागरिकहरुको पठाएको पैसा भारतमा रहेका उनका आफन्तहरुलाई वितरण गर्दै आइरहेको छ । आईएमई र वाइजम्यानको सहकार्यले भारतमा रहेका करिब ५० लाख नेपालीहरुले सहजै नेपालमा पैसा पठाउन सकिने सम्बन्धित पक्षहरुले विश्वस व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here