भव्य भेला सहित टोल समिति गठन

0
399

चंडीगढ, २२ नोभ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ़ नगर समितिद्वारा संचालित इन्डस्ट्रियल एरिया समिति अन्तर्गत सेक्टर २८ मा मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिकी सल्लाहकार एंव महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसेको पहल भव्य भेला सम्पन्न भएको छ ।

मूल प्रवाह अ. भा. ने .ए.समाजका केन्द्रीय सदस्य दिनेश खडका प्रमुख अतिथि रहेको सो भेलाको अध्यक्षतामा एरिया सदस्य सिमा खडकाले गर्नुभयो भने सञ्चालन कोषाध्यक्ष सरस्वता भुसालले गर्नुभएको थियो । भेलामा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात लक्ष्मी अधिकारीले स्वागत गर्नुभएको थियो ।

केन्द्रीय सदस्य दिनेश खडका, पुर्व केन्द्रीय सदस्य रामबहादुर पुन र नेपाली समाचारका सम्वाददाता खिमराज चालिसेले मूल प्रवाहको आवश्यकता, भारतस्थित नेपालीहरुको समस्या तथा संगठानात्मक पद्धती बारे प्रष्ट्याउनु भएको थियो ।

भेलाले ७ सदस्यीय टोल समितिको गठन गरेको छ । नवनिवार्चित समितिको नामावली एरिया अध्यक्ष शमशेर केसीले घोषणा गर्नूभयको थियो । जस्माः अध्यक्ष– विमला वुढाथोकी, सचिव– इन्दिरा पौड्याल, कोषाध्यक्ष– गोमा रानाभाट रहेका छन् । त्यस्तै सदस्यहरुमा टोप बहादुर, गौरी राना, सरस्वती तथा १ रिक्त राखिएको छ ।

नयाँ समितिलाई दिनेश खडका, रामबहादुर पुन र खिमराज चालिसे, जुना चालिसे, महिला विभागकी कोषाध्यक्ष जमुना खडका, सदस्य जीवा गुरुङ, विष्णु अर्याल लगायतले शुभकामना तथा बधाई मन्तव्य दिनुभएको थियो ।

स्मरण रहोसः यो कार्यक्रम महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसेको जन्म दिनको अवसरमा संगठन निमार्ण गर्ने प्रतिवद्धता स्वरूप कार्यान्वयन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here