भलिबल प्रतियोगिता सम्पन्न

0
235

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको आयोजनामा नगर स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

नगर अध्यक्ष रेसम बि.क.को अध्यक्षता र केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष लालचन्द पन्थ प्रमुख आतिथ्यता सम्पन्न सो कार्यक्रममको सञ्चालन नगर सचिव बलबहादुर विकले गर्नुभएको ।

कार्यक्रममा नगर सहसचिव बसन्त केसीले स्वागत मन्तव्य दिनुभएको थियो । प्रमुख अतिथि लालचन्द पन्तले खेलको विधिवत उद्घाटन गरे पछि, क्षेत्रीय सदस्य मोहन सिंह विकले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतियोगितामा चार टिमको सहभागिता रहेको थियो । खेलमा अर्वनस्टेड एरिया समिति प्रथम, नया आईडीसी टोल समिती द्वितीय र शास्त्रीनगर टोल समिति तृतीय स्थान प्राप्त गरेका थिए ।
विजेता टीमहरुलाई पुरुस्कार र प्रमाण पत्र प्रमुख अतिथी लालचन्द पन्थ र मोहन सिंह बिकले संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here