भटिण्डामा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
303
भटिण्डा, १९ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भटिण्डा नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चलन तुलबहादुर थापाले र अध्यक्षता जगप्रसाद खनालले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि कार्यक्रम अगाडि बढेको थियो ।
                कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल र क्षेत्रीय सदस्य नरबहादुर ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।
            अतिथिहरुले नेपालको राजनीतिमा भारत स्थिति नेपालीहरुको भूमिका र समसामयीक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो । क्षेत्रीय सदस्य नर बहादुर ओलीले भारत प्रवासमा प्रवासी नेपालीहरु बीच मूल प्रवाहले खेल्दै आएको भूमिकाको विषयमा प्रशिक्षार्थिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here