बेंगलोर दक्षिणमा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
179

बेंगलोर, २५ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समितिको आयोजनामा प्रसिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम नगर समितिका अध्यक्ष कृष्ण बि.कको अध्यक्षता र शेर सिंह बि.कको सञ्चालनमा अगाडि बढेको थियो ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघ अध्यक्ष भैरबराज रेग्मी र अ.ने. कानुन ब्यबसायी संघका महासचिव रामप्रसाद भुसालले प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य इन्द्रबहादुर खड्काको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here