बामपन्थी सरकारले नै देशको सुरक्षा खुकुलो बनायोः आचार्य

0
878

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको १४औ सम्मेलन सफल

कोचिन, २० मई । विगतका सरकारलाई पनि उछिनेर अहिलेको बामपंथी सरकारले देशको सुरक्षा खुकुलो बनाएको भन्दै पूर्व सांसद तथा मूल प्रवाहका केन्द्रीय सल्लाहकार हरि आचार्यले रोष प्रकट गर्नु भएको छ । आचार्यले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको १४ औं नगर सम्मेलन उद्घाटन मन्तव्यको क्रममा सो रोष प्रकट गर्नुभएको हो ।

“सुरक्षाको बहानामा भारतीय सेनाले नेपाली भुमीमा प्रवेश गर्नु नेपाल सरकारको लाचारी त होनै त्यसका साथै देशमाथि खतराको संकेत हो ।” आचार्यले भन्नु भयो, “यो सबै संघीयता को उपहार हो भन्ने जिकिर गर्नु भयो ।”

माओबादी केन्द्र र एमाले बीच भर्खरै भएको पार्टी एकता सकारात्मक भएता पनि मार्क्सवाद, लेनिनवादका आधारभूत सिद्धान्तबाट बीचलन भएको तथा दक्षिणपन्थी बाटो समातेको पृष्ठभूमीमा उनीहरुको बीचमा भएको पार्टी एकताबाट देशमा सच्चा र एकीकृत कम्यूनिष्ट पार्टीको निर्माण हुन नसक्ने नेता आचार्यले बताउनु भयो ।

गणेश पौडेलको सञ्चालनबाट अगाडि बढेको उद्घाटन समारोहको अध्यक्षता नरबहादुर बिसीले गर्नुभएको थियो । कार्यक्रममा पुर्व सांसद हरि आचार्य, मूल प्रवाह केन्द्रीय सदस्य भिमबहादुर थापाले आतिथ्यता गर्नुभएको थियो ।

सम्मेलनले जुगराज राहु मगरको अध्यक्षतामा १५ पुर्ण सदस्य ५ बैकल्पिक सदस्य, ९ सल्लाहकार गरि २९ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– रमेश नागरी, सचिव– जनक बि.सि., सहसचिव– बाबु राम केसी र कोषाध्यक्ष– गणेश पौडेल रहेका छन् । त्यस्तै सदस्यमाः नर बहादुर बिसी, डम्मरबहादुर थापा, जगत सारु मगर, बिरबहादुर रैका, शेरबहादुर बिक, यामबहादुर थापा, रिखेन्द्र बिसी, करण बिक, रमेश ओड र भक्त बहादुर रोका मगर, बैकल्पिक सदस्यहरुमाः तारा नाथ शर्मा, भक्त बहादुर श्रेष्ठ, नारायण बिसि, प्रेम विक र कलि माया थापा रहेका छन् । त्यस्तै सम्मेलनले रामबहादुर कार्की, प्रेम प्रसाद सुबेदी, दुर्गा जिएम, सुरज विक, कुलबहादुर गुरुङ, जानकी विसी, गिता सुबेदी, टेकबहादुर गुरुङ र जित राम गुरुङलाई सल्लाहकारम चयन गरेको छ । नयाँ समितिको घोषणा केन्द्रीय सदस्य भीम बहादुर थापाले गर्नुभएको थियो ।

नरबहादुर बिसीको सञ्चालनबाट अगाडी बढेको घोषणा सभा कार्यक्रमको अध्यक्षता डम्बर बहादुर थापाले गर्नुभएको थियो । सम्मेलनमा उपस्थित जनसमुदायलाई रमेश नागरी र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।

नवनिर्वाचित समितिलाई हरि आचर्य, भिम बहादुर थापा, कोट्टायम नगर समितिका भद्र बहादुर थापा, टिका राम सुबेदी, रक्तिम कोट्टायमका धर्मराज शर्मा, महिला कोट्टायम नगर विभागबाट बालिका शर्मा लगायतले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

सम्मेलनको अन्तमा रक्तिमका कलाकारहरुले नौमती बाजा र रोचक गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here