बागलुङ समाजद्वारा उपचार सहयोग प्रदान

0
75

बाग्लुङ । बागलुङ समाज स्पेनले बडिगाड गाउँपालिका ७ भिमगिठेका वीर बहादुर परियारलाई उपचारका लागि २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

गत लामो समय देखि बिरामी  भएका परियारलाई बडीगाड गाउपालिका वडा नं ७ का अध्यक्ष कृष्ण गुरुङको पहलमा उपचारको लागि काठमाडौं पठाइएको थियो । काठमाडौंमा समाजसेवी रिमा सापकोटाको पहलमा काठमाडौंको वीर हस्पिटलमा उपचार सुरु भैरहेको  छ ।

आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएपछि  सामाजिक संजालको प्रयोग गरि सबैमा आर्थिक सहयोगका लागि अपिल अपील गरेका थिए । बडीगाड गाउँपालिका वडा न ६ निवासी हाल स्पेनमा कार्यरत बागलुङ समाज स्पेनका कोषाध्यक्ष बिक्कल प्रताप सिहंलेको पहलमा बार्सिलोनामा रकम संकलन गरिएको थियो ।

संकलित पच्चीस हजार रुपैयाँ  बिक्कल प्रताप सिहंका पिता सम्सेर प्रताप सिंह मार्फत वडा अध्यक्ष गुरुङको रोहोवरमा वीरबहादुर परियारकी आमा नन्दकली परियारलाई रकम हस्तान्तरण गरिएको छ । समाजका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

वीरबहादुर परियारका घरमा बृद्ध माता पिता, श्रीमती र छोरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here