बलात्कारीलाई फासीको सजायको व्यवस्था कानुनमा उल्लेख गर्नुपर्छ

0
457

भगवती शर्मा गुजरात

के नारीलाई समाजमा बाच्ने अधिकार छैन ? किन नारी गर्भबाट नै असुरक्षित ? हाम्रो समाजले यो कुरा किन बुझेको छैन ? नारीलाई जन्मन पाउने र बाच्न पाउने अधिकार चाहियो ।

फेसबुक खोल्यो, कतै न्यूजÞ हेर्यो की यो ठाउँमा यती वर्षको छोरी चेलीको बलात्कार गरी हत्या भयो भन्ने मात्र देख्नु पर्छ किन ? यस्को रोकथामको बारेमा आवाज नउठाए र हो की सम्बन्धित ठाउँमा नपुगेर हो ? कि नेपालमा कानूनका रक्षक नै भक्षक छन् ? होइन भने दिन प्रति दिन यस्ता घटना किन दोहोरी रहेका छन् ?

अब यी सबै तमाशा हेर्ने होइन । आफ्नो ठाउँमा परेको छैन भनेर नबस्नु होस् । भोली यो समस्या हजुरको छोरी चेलीहरुमा पनि पर्न सक्छ । आज कुनै पनि नारी सुरछित छैनन् । तपाई आफै अनुमान लगाउनु होस् जब ७ बर्सको बालिकालाई नछोड़ने विपासुहरुले एक्लो अवस्थामा कतै तपाइलाई पाए छोड्छन् ? अब त्यस्ता नरभक्षकको अंत्य हामी जनताबाटै गर्नुपर्छ ।

दाजु भाई तथा दीदी बहिनिहरुलाई म एउटा अनुरोध गर्छु । हजुरहरूले यस्तो घटना भएको ठाउँमा गई सबै मिली सम्बन्धित अपराधीलाई कानूनको जिम्मा लगाउनु पर्ने आवश्यक छ । जबसम्म स्वयं जनता तपाई कानुनको ढोकालाई निरन्तर घच्घचाउन सक्नु हुन्न कानुन स्वर्त स्फूर्त रुपमा गतिशिल हुन सक्दैन । विश्वको जुन सुकै देशमा कानून आफैले केही गर्न सक्दैन किनकी त्यो एउटा अविचलित पुस्तक हो । त्यलाई कार्य सञ्चालनमा ल्याउनका लागि जनता स्वयं जागरुक भएर अगाडि आउनु पर्ने आवश्यकता छ । बल्ल नेपालको कानूनले हत्यारालाई फासीको सजाए बारे व्यवस्था उल्लेख गर्न बाध्य हुनेछ ।

अन्यथा दुई चार वर्ष जेल र दुईचार लाख रुपैयाँको आडमा दोषीले उन्मुक्ति पाइरहने छ । कानूनलाई परिमार्जित र सशक्त कानुन निर्माणका लागि अब हामी स्वंय महिलाहरु नै जागरुक हुनु पर्ने आवश्यकता छ । दाजु भाई तथा दीदी बहिनीहरु एक भएर महिलाहरु माथि हुने बलात्कार, हत्या, हिंसा लगायत अन्य कैयौं जघन्य अपराधको अन्त्य गरौं । हत्यारालाई फासीको सजायका लागि नेपालको कानुनमा संशोधनको माग गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here