प्रवासी संघ परित्याग गरि मूल प्रवाहमा प्रवेश

0
614
रोहतक । लामो समय देखि प्रबासी नेपाली संघ भारतमा काम गर्दै आउनु भएका पुराना कार्यकर्ताहरु ठग बहादुर नेपाली र गुरु प्रसाद मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ ।
वहाँहरुलाई मूल प्रवाहका पश्चिमोत्तर क्षेत्रीय सदस्य तथा रोहतक नगर अध्यक्ष रेशम विक र मोहन सिंह विकले अबिर र माला लगाई स्वागत गर्नुभएको छ । सोही अवसरमा वहाँहरुलाई समाजको सदस्यता प्रमाण पत्र समेत नगर अध्यक्ष रेशमा विकले प्रदान गर्नुभएको थियो ।
प्रवासी संघ भारत भन्दा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अनुशासन र नीतिगत रुपमा मजबुत रहेकोले आफूहरुले मूल प्रवाहमा प्रवेश गरेको नवप्रवशीहरुले बताए । कार्यक्रममा नगर समितिका अधिकांश नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here