प्रम ओलीद्वारा दिल्लीमा हुन लागिरहेको संझौता बारे चित्रबहादुर केसीद्वारा विरोध

0
2574
Deputy Prime Minister Chitra Bahadur KC speaks at the Reporters' Club in Kathmandu, on Saturday, November 14, 2015. Photo: Reporters' Club

प्रधानमन्त्री ओली र मोदीले संयुक्त अतेजविपको दिल्लीबाट सिलन्यास गरिने

काठमाडौं । नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा विगतका ती सबै सन्धि सम्झौताहरुलाई कार्यान्वयन गर्न जोड दिने भनिएकोमा राष्ट्रिय जनमोर्चाले विरोध र भत्र्सना गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ती जारी गर्दै नेपाली जनताले विश्वासका साथ बामपक्षिय गठबन्धनलाई दिएको जनमतको दुरुपयोग नगर्न चेतावनी समेत दिइएको छ ।
नेपालको अरुण तेस्रो जलविद्युत परियोजनाको संयुक्त रुपमा दिल्लीबाट सिलन्यास गर्ने कुराको घोर विरोध गर्दै अगाडि भनिएको छ: “नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राष्ट्रिय हित विपरीत भएको नेपालको अरुण तेस्रो जलविद्युत परियोजनाको संयुक्त रुपमा दिल्लीबाट सिलन्यास गर्ने कुराको पनि हामीले विरोध र भत्र्सना गर्दछौं ।”
त्यस्तै सरकारले गणतन्त्र दिवस र राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) का सार्वजनिक विदाहरु कटौती गर्नु सही नहुने राष्ट्रिय जनमोर्चाले ठहर गरेको छ । “हालै सरकारले केही राष्ट्रिय विदाहरुलाई कटौती गरेको छ । आवश्यकता अनुसार त्यो सही छ । तर, गणतन्त्र दिवस र राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) का सार्वजनिक विदाहरु कटौती गर्नु सही हुँदैन । किनकी, दुई शताब्दीभन्दा बढी समयसम्म रहेको निरंकुश प्रतिक्रियावादी राजतन्त्रलाई अन्त्य गरी गणतन्त्रको स्थापना र बाइसे–चौबिसे राज्यमा विभक्त भएको राष्ट्रलाई एकीकरण गरी वर्तमान नेपाल राष्ट्रको निर्माण भएको कुरा नेपालको लागि ऐतिहासिक र राजनीतिक दृष्टिले महत्वपूर्ण घटनाहरु हुन् । वर्तमान अवस्थामा यी दिवसहरु राज्यले नै मनाउन आवश्यक छ ।”
हालै पेट्रोलियम पदार्थमा मूल्य समायोजनको नाउँमा मूल्य बृद्धि गरिएकोमा विरोध गर्दै मूल्य बृद्धि फिर्ता लिन माग गरेको छ । अगाडि भनिएको छ: “मूल्यबृद्धि गर्दा लगातार र ठूलो अंकमा गर्ने, कम गर्दा भने थोरै अंकमा गर्ने प्रवृत्तिले अन्तत: मूल्य बृद्धि हुँदै गइ जनता प्रत्यक्ष अप्रत्यक्ष दुवै रुपबाट मारमा परेका छन् । हाम्रो पार्टीले यो मूल्य बृद्धिको विरोध गर्दछ र मूल्य बृद्धि फिर्ता लिन माग गर्दछ ।”
भर्खरै प्राप्त समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकै बेला आज अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास दिल्लीबाटै गरिने भनिएकोमा उक्त शिलन्यास स्थगित भएको छ ।
नेपालले गृहकार्य नपुगेको भन्दै अहिले शिल्न्यास नगरौं भन्ने प्रस्ताव भारतीय पक्षसँग राखेपछि यसको शिलन्यास हाललाई रोकिएको भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले मिडियाक्रमीहरुलाई बताएका छन् ।
मन्त्री महासेठको अनुसार ‘अरुण तेस्रोको शिलन्यास आज हुँदैन, नेपालका तर्फबाट गृहकार्य नपुगेको भनेपछि आज यसको स्विच अन नहुनेभएको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here