प्रभु ग्रुपले पनि ‘पे टिएम’ जस्तै ‘प्रभु पे’ ल्यायो

0
248
काठमाडौं । प्रभु ग्रुपले पनि भारतको ‘पे टिएम’ जस्नै नेपालमा ‘प्रभु पे’ नामक अत्याधुनिक डिजिटल वालेट सार्वजनिक गरेको छ । यसको सेवा लिने ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा हुने कम्पनीले जनाएको छ । साथै एक ग्राहकले अर्को ग्राहकललाई यस्तो एप रिफर गरेमा वालेटमा ३० रुपैयाँ व्यालेन्स थप्ने अफर पनि ल्याइएको छ ।
                मोबाइल वालेटका लागि प्रभु पे डाउन डाउनलोड गर्नुपर्छ । एप डाउनलोड गरेपछि एपबाट पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु जस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाताबाट पैसा ट्रन्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, एनसीएचएल डिपोजिट गर्न सकिने छ ।
                 एपबाट युनियन पे र क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सकिनेछ । प्रभु ग्रुपले ‘वालेट अब मोबाइलमा’ भन्ने नाराका साथ नौलो र फरक सुविधा ल्याएको ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले जानकारी दिए ।
             प्रभु ग्रुप बैंक, बीमा, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभि, सुचना प्रविधि र व्यवस्थापन सम्वन्धी विभिन्न कम्पनी मार्फत सेवा दिने नेपालको अग्रणी समूह हो ।
                भारतमा भने सरकारले नै ‘भिम’ नामको पे एप सञ्चालन गर्दै आएको छ । तर प्राइवेट सेक्टरले भने पहिलेदेखि नै ‘पे टिएम’, ‘फोन पे’, ‘एमेजोन पे’ लगायत कैयौं पे एपहरु सञ्चालनमा छन् । आम मानिसहरुमा भने ‘पे टिएम’ले नै पहिचान बनाएको छ ।
अनलाईन खबरबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here