इरान । इरानी नागरिकहरुले स्वतन्त्र रुपमा विरोध गर्न पाउने भएका छन्, तर हिंसात्मक घटनाहरु घटाउन नपाइने बताइएको छ ।
चार दिनयता भएका सरकार विरोधी प्रदर्शनपछि पहिलो पटक प्रतिक्रिया दिँदै राष्ट्रपति हसन रुहानीले नागरिकसँग विरोध गर्ने अधिकार रहेको जनाउँदै हिंसात्मक गतिविधि गर्ने हक भने नभएको बताएका छन् । रुहानीले तोडफोड वा सामाजिक अमनचयनमा खलल पुर्याउने कुनै पनि प्रयास सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् ।
सन् २००९ मा भएका विशाल र्यालीयताकै सबैभन्दा ठूला विरोधका कार्यक्रमहरू हाल इरानमा भइरहेका छन् ।
देशको उत्तरपूर्वबाट शुरु भएको आन्दोलनमा आर्थिक कठिनाइ र मूल्य वृद्धिसम्बन्धी मागहरू समावेश थिए ।
तर धेरै ठाउामा यसले राजनीतिक रंग लिएको छ र आन्दोलनकारीहरूले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी, राष्ट्रपति रुहानी र इरानको हस्तक्षेपकारी क्षेत्रीय नीतिको विरोधमा नाराबाजी गर्दै आएका छन् ।