प्यूठानमा १७ घर–गोठ जलेर नष्ट

0
269

सागर शर्मा
प्युठान । प्युठानको दुई छुट्टाछुट्टै स्थानमा आगलागी हु“दा दर्जन बढी घरगोठ जलेर नष्ट भएका छन् । मगंलबार दिउ“सो धरम्पानी र लुङ्सराकोटमा भएको आगलागिबाट १७ घरगोठ पुर्ण रुपमा जलेर नष्ट्र भएको प्रहरिले बताएको हो । जिल्लाको प्रहरिका अनुसार प्युठान नगरपालिका १ खैरा स्थित धरम्पानीमा ५ घर र ६ गोठ जलेर नष्ट्र भएको छ । जंगलबाट बस्ती तिर सोझिएको आगलागिबाट स्थानीय सञ्जय जिसी, रमेश जिसी, हरि जिसी, हरि बस्नेत, टिका जिसी र मान बहादुर बस्नेतको घरगोठ जलेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । आगलागीबाट लाखौ मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।


त्यस्तै जिल्लाको स्वर्गद्धारी नगरपालिका–३ लुङसाराकोटमा खरवारीबाट सल्किएको आगोले ६ वटा घरगोठ जलेर नष्ट भएको छ । स्थानीय पल बहादुर खत्री, सोनु सुवेदी, रमेश खत्री, र पदम बहादुर खत्रीको घरगोठ जलेको हो । आगो किन र कसले लगाएको हो भन्ने खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here