प्यूठानको बड्डडाडामा जीप दुर्घटना : ६ गम्भिर घाईते

0
264

सलिम अन्सारी
प्यूठान, २७ चैत । प्यूठानको बड्डडाडामा जीप दुर्घटना भएको छ । हालै खनिएको नयाँ ट्र्याकमा जीप पल्टिएको हो ।

ग १ च ४३०६ नम्बरको जीप बङ्गारीमा दुर्घटनामा परेको हो । सरुमारानीको केन्द्र बड्डडाडा बजारदेखि पनाह गाउँतर्फ जाँदै गरेको जीप अपराह्न दुर्घटना भएको हो । बड्डडाडा–पनाह कच्ची सडकमा सो दुर्घटना भएको हो । जीप सडक देखि ५० मिटर तल खसेको छ । दुर्घटनामा ६ जना गम्भिर घाईते भएको छन् । उनीहरुलाई उपचारका लागि भैरहवा लैजाने तयारीमा जुटेको इलाका प्रहरी ढुंगेगढी बड्डाडाले जनाएको छ ।

जीप दूर्घटनामा दान बहादुर धनचौरेको खुट्टा भाचियको, पदम सारु चिन्ता जनक अबस्थामा, खुमबहादुर धनचौरे सामान्य अबस्थामा र गङ्गाराम सारुको पनि अवस्था गम्भीर रहेको बताइएको छ । अन्य दुईजनाको जानकारी आउन बाँकि नै छ ।

प्राप्त जानकारी अनुसार दुर्घटनामा परेकाहरुको स्थानीयहरुले उद्धार गरेका थिए । अप्ठ्यारो सडकमा अधिकांश यात्रु ओरालिएकाले शकुसल रहन सफल भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here