पेमा लामा प्रश्नोत्तर माला

0
1554

-मोहनविक्रम सिंह
भाग-1

पेमाले समाजमा कोही धनी, कोही गरिब, यस्तो किन हुन्छ ? भनेर सोध्छन्
कमल: कता पेमा लामाजी ?
पेमा: यतै आएको अइाज तपाईसित एउटा कुरा गन्र मन लाग्यो र ।
कमल: के कुरा ?
पेमा: समाजमा केही धनी, कोही गरिब, यस्तो किन हुन्छ ? मानिसहरु भन्छन् कि यो सबै पूर्वजन्मको फल हो, भाग्यको लेखा हो । तर तपाईहरुले यो कुरा होइन भन्नुहुन्छ । अनि कुरा के हो त ? धनी गरिब किन हुन्दन् ?
कमल: पहिले यो भन्नुस् धनी कसलाई भन्ने गरिब कसलाई भन्ने ?
पेमा: त्यो पनि भन्नुपर्छ र ! जोसित घरजग्गा, गाईभैंसी, अन्न, कपडा, सुनचाँदी, रुपैया पैसा बढ्ता छ त्यो धनी, जससित यी सबे कुरा कम छन् वा छैनन्, ती गरिब ।
कमल: यी सबै चीज कहाँबाट आउँछन् ?
पेमा: जमिनबाट ।
कमल: कसरी उत्पन्न हुन्छन् ?
पेमा: काम गरेर
कमल: मुख्य कुरा त तपाई स्वंयले नै बताउनुभयो । धन उत्पत्तिका लागि दुईवटा कुराको आवश्यकता पर्दोरहेछ-एक जमिन, दुई परिश्रम । पहिलो त्यसको निष्क्रिय कारण हो, पछिल्लो सक्रिय कारण । त्यसैले एउटा विद्धानले जमिनलाई धनको आमा, परिश्रमलाई बाबु भनेका छन् ।
पेमा: खुब जानेर भनेछन् ।
कमल: जमिन, हावा, जल, वायु, प्रकृतिका तर्फबाट मुफ्तमा मिल्छन् । तिनीहरुको कुनै मूल्य हुन्न ।
पेमा: अरु कुरा त हो तर जमिन कहाँ मुफ्तमा पाइन्छ ? किन्नुपर्छ ।
कमल: तर हामीले जमिनको मूल्य तिर्दछौं, त्यो त्यसको मूल्य होइन ।
पेमा: के को मूल्य हो त ?
कमल: त्यसमा लागेको मानवपरिश्रमको । मानिसको परिश्रम नसिद्धिँदासम्म जमिनको कुनै मूल्य हुँदैन । त्यसको जुन मूल्य हुन्छ, त्यो वास्तवमा लागेको मानवश्रमको मूल्य हो । यसरी प्रस्ट भयो कि, परिश्रम नगरिकन धन-पैसौ हुँदोरहेनछ । अरु सामानको पनि हामीले जुन मूल्य तिर्छौं, त्यो वास्तवमा त्यसमा लागेको मानवश्रमको नै मूल्य हो ।
पेमा: बजारमा हामीले जुन सामान किन्छौं ?
कमल: हो, ती सबै सामान आखिर श्रमका फल हुन् । त्यसैले हामीले तिनीहरुको मूल्य तिर्नुपर्छ । अन्न, कपडा, गाई, भैँसी आदि सबै मानिसको परिश्रमका फल हुन् । जुन चीज विनापरिश्रम प्राप्त हुन्छन्, तिनीहरुको कुनै मूल्य हुँदैन । जस्तै-हावा, पानी, प्रकाश बनका फलफुल आदि ।
पेमा: तर बजारमा त वनबाट सित्तै टिपेर ल्याएको काफलमा पनि पैसा हाल्नुपर्छ । मुफ्तमा कहाँ मिल्छ ?
कमल: वनबाट टिपेर ल्याउँदा त्यसको जुन परिश्रम पर्छ, त्यसले गर्दा त्यसको मूल्य पर्छ । खोलाको बालुवाको कुनै मूल्य हुँदैन तर बोकेर कतै लगेपछि त्यसमा परिश्रम मिसियो । त्यसकारण त्यसको मूल्य हुन्छ ।
पेमा: त्यसो भए त हामीले जेजति धन-सम्पत्ति देख्छौं, त्यो सबेको मूलकारण यही परिश्रम देखियो ।
कमल: अनि समाजमा जसले जति बढी परिश्रम गर्छ, त्यो त्यति बढ्ता धनी र काम नगर्ने अल्छी गरिब हुनुपर्ने हो कि होइन ?
पेमा: त्यो त सोझै देखियो ।
कमल: तर समाजमा त्यसको ठीक उल्टो हुन्छ, किसान-मजदूरले रातदिन परिश्रम गर्छन्, धन पैदा गर्छन् । तर उनीहरु गरिब हुन्छन् । आधा पेट खाएर बस्छन् ।
पेमा: सधैँ आधा पेट खान पाए ता ठूलो भाग्य हुन्थ्यो ।
कमल: अर्कातिर कुनै परिश्रम नगने्र मुट्ठीभर व्यक्तिहरु धनी हुन्छन् ।
पेमा: हो, यो त उल्टो कुरा भयो । त्यसको कारण के हो ?
कमल: शोषण ।
पेमा: शोषण भनेको हो ?
कमल: कसैको परिश्रमको फललाई त्यसको मूल्य नतिरीकन हरण गर्नु शोषण हो, यही शोषण गरेर नै काम नगर्ने अल्छीहरु धनी बन्छन् । जो अरुको शोषण गरेर धनी बन्छन्, उनीहरुलाई शोषक भनिन्छ ।
पेमा: कुनै-कुनै मान्छे स्वयं परिश्रम गरेर पनि त धनी हुन सक्छन् ।
कमल: सच्चा परिश्रम र कम खर्चद्वारा एउटा किसान वा मजदूरले अर्कोले भन्दा सवा वा डेढी बढ्ता कमाउन सक्छ । त्यसरी मानिसहरुको बीचमा हातका औँलाहरु झौं केही अन्तर हुनसक्छ । तर हात्ती र मुसाका झैं फरक त शोषणद्वारा मात्र सम्भव छ । 95 जनाको शोषण गरेर उनीहरुको परिश्रमको फल अन्यायपूर्ण हरण गरेर नै 5 जना धनी बन्न सक्छन् । आज समाजमा बरिब र धनीको बीचमा हुने ठूलो असमानता देखिन्छ, त्रूसको मूल कारण शोषण नै हो । केही मानिसहरुले सुरुमा मेहनत र परिश्रमद्वारा केही धन कमाउँछन्तर केही धन जम्मा गरेपछि पुनः शोषण गर्न थाल्छन् भने उनीहरुले परिश्रम गरेर केही पैसा कमाएका थिए भनेर शोषक होइनन् भन्न मिल्दैन ।
पेमा: गाँउमा यस्ता शोषण कति हुन्छन् कति ?
कमल: हो, गाँउमा कैयौं किसिमबाट शोषण हुन्छ । जालझेल, मुद्दाद्वारा फटाहाहरुले अरुको धन-सम्पत्ति लुट्छन् । ठेकी-बेठी, बेठबेगार लिन्छन्, पूरा ज्याला नदिइकन खेतमा कज्याउँछन्, सुदखोरी गर्छन् । अन्याय र जबर्जस्तीपूर्वक गरिबहरुको जग्गा, जमिनमाथि हक जमाउँउछन्, सार्वजनिक जग्गा, गौचरआदि हस्तक्षेप गर्छन्, किसानहरुबाट उनीहरुले उब्जाएको जिन्सी कम मूल्य तिरेर लिन्छन् । यसरी नै केही मानिसहरु अरुभन्दा बढी धनी हुन सक्छन् ।
पेमा: जस्ले काम गर्दैन, त्यसले सुख-सयल गर्ने, काम गर्ने चाहिँ भोकै मर्ने, यो उल्टो चलन नभएको भए कति सन्चो हुन्थ्यो होला ।
कमल: वास्तवमा आज समाजमा देखिएका सबै झैंझगडा, अशान्ति, संक्षिप्तमा भन्ने हो भने मेहनतकश जनताको नारकीय जीवनको मूलमा यही उल्टो चलनले नै काम गरिरहेको छ । वास्तवमा त्यही उल्टो चलनले गर्दा नै समाजमा यत्तिको गरिबी छ । मेहनतकश जनताले नारकीय जीवन बिताउनु परिरहेको छ । समाजमा यतिका झैंझगडा, अशान्ति त्यसैले गर्दा नै चल्छन् ।

क्रमशः…….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here