पेमाले नयाँ जनवाद भनेको के हो ? भनेर सोध्छन्

0
952

8
पेमा: नयाँ जनवाद भनेको के हो ?
कमल: साम्यवाद र समाजवाद कम्युनिष्ट पार्टीका लक्ष्य हुन् । उद्योग-धन्दाको राम्ररी विकास भइसकेको देशमा समाजवादी क्रान्ति सम्भव हुन्छ । समाजवादको उन्नति भएपछि साम्यवाद आउँछ । इंगलैण्ड, फ्रान्स, अमेरिकामा क्रान्ति भयो भने समाजवाद तुरुन्तै आउँछ । तर जुन देशमा पुँजीवादको विकास भइसकेको छैन, त्यहाँ पहिले नयाँ जनवाद चाहिन्छ ।
पेमा: नयाँ जनवादको मुख्य काम के हो ?
कमल: नयाँ जनवादी क्रान्तिले मुख्य रुपले त्यही काम गर्छ, जो पहिले पुँजीवादी प्रजातान्त्रिक क्रान्तिले गथ्र्यो । समाजवादी क्रान्ति पुँजीपतिवर्गका विरुद्ध चल्छ जबकि प्रजातान्त्रिक क्रान्ति सामन्तवर्गका विरुद्ध लक्षित हुन्छ । नयाँ जनवादी क्रान्तिले मुख्य रुपले पुँजीवादी प्रजातान्त्रिक क्रान्तिले गर्ने काम गर्छ भन्नुको अर्थ यसले सामन्ती व्यवस्ािाका विरुद्ध क्रान्ति गर्छ भन्नु हो ।
पेमा: उसो भने पुँजीवादी प्रजातान्त्रिक क्रान्ति र नयाँ जनवादी क्रान्ति एउटै हुन् ?
कमल: दुईटा, कैयौं अन्तर छन् । सबैभन्दा मुख्य अन्तर नेतृत्वको हो । पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको नेतृत्व सर्वहारावर्गका हातमा हुन्छ । त्यो कारणले यो पुरानो प्रकारको पुँजीवादी प्रजातान्त्रिक क्रान्तिभन्दा बेग्लै हुन्छ । अर्को शब्दमा भन्ने हो भने यो नयाँ प्रकारको पुँजीवादी प्रजातान्त्रिक क्रान्ति हो ।
पेमा: उसो भने यसलाई नयाँ प्रजातान्त्रिक क्रान्ति भने पनि हुन्छ ?
कमल: कुरा एउटै हो । प्ररानो पुँजीवादी क्रान्तिले झैं नयाँ जनवादी क्रान्तिले सामन्तवादका विरुद्ध क्रान्ति गर्ने हुनाले यो प्रजातान्त्रिक क्रान्ति हो । तर यसमा सर्वहारावर्गको नेतृत्व हुने हुनाले यो पुरानोभन्दा बेग्लै र नयाँ भए पनि पुँजीवादीशब्दले पुराने प्रजातन्त्रको भ्रम पैदा गर्छ । त्यसकारण यसबाट पुँजीवादी शब्द हटाउनु नै राम्रो हुन्छ । त्यसपछि बाँकी रहन्छ-नयाँ प्रजातान्त्रिक क्रान्ति वा नयाँ जनवादी क्रान्ति ।
पेमा: कुनै देशमा आज पनि पुँजीपतिवर्गका नेतृत्वमा प्रजातान्त्रिक क्रान्ति भयो भने त्यसलाई पुरानो प्रकारको क्रान्ति भन्ने कि नयाँ प्रकारको ?
कमल: त्यो प्रश्न नै उठ्दैन । किनभने आज पुँजीपतिवर्गका नेतृत्वमा प्रजातान्त्रिक क्रान्ति नै हुन सक्दैन ।
पेमा: किन ?
कमल: पहिले प्रजातान्त्रिक क्रान्ति खाली सामन्तवादका विरुद्ध चल्दथ्यो । तर अब यो दुईवटा मुख्य दुश्मनका विरुद्ध चल्दछ-सामन्तवाद र साम्राज्यवाद । 19औं शताब्दीमा अर्थात् माक्र्स-एङ्गेल्सका समयमा युरोपमा जुन क्रान्तिहरु भए, त्यो खाली देशी दुश्मनका विरुद्ध लक्षित थिए । तर सामन्तवाद र साम्राज्यवादको आपसमा गठबन्धनका कारणले आजको युगमा कुनै देशको प्रजातान्.िक क्रान्ति त्यो बेलासम्म सफल हुन सक्दैन, जबसम्म त्यो देशी र विदेशी दुवै दुश्मनका विरुद्ध साथ-साथै चल्ैदन । तर पुँजीपतिवर्गले स्वयं यसप्रकारको दोहोरो सङ्घर्ष चलाउन सक्दैन । सामन्तवाद र साम्राज्यवादका विरुद्ध अन्त्यसम्म सङ्घर्ष चलाउने क्षमता खाली सर्वहारावर्गले मात्र राख्दछ । त्यसकारण आजको युगमा पुँजीवादी नेतृत्वमा पुँजीवादी प्रजातान्त्रिक क्रान्ति सम्भव नै छैन ।
पेमा: के पुँजीपतिवर्गले सर्वहारावर्ग वा साम्राज्यवादसित मिलेर आफ्नो क्रान्तिलाई सफल पार्न सक्दैन ?
कमल: आज पुँजीपतिवर्गका अगाडि खालि दुइटै विकल्प रहन्छन्: या त उसले सर्वहारावर्गको नेतृत्व स्वीकार गर्नुपर्छ या साम्राज्यवादसित गठबन्धन गर्नुपर्छ । साम्राज्यवादसित गठबन्धन गर्छ भने उसको स्वरुप प्रजााितन्त्रक रहन्न । पुँजीवादी प्रजातान्त्रिक क्रान्ति सफल पार्नु उसका लागि सम्भव हुन्न । सर्वहारावर्गको नेतृत्व स्वीकार गर्छ भने क्रान्तिको स्वरुप पुँजीवादी प्रजातान्त्रिक क्रान्ति नरहेर नयाँ जनवादी क्रान्ति हुन्छ । यसरी आजको युगमा कुनै देशमा क्रान्ति हुन्छ भने नयाँ जनवादी क्रान्ति हुन्छ, नत्रभने प्रजातान्त्रिक क्रान्ति नै हुन्न ।़
पेमा: कैयौं देशमा सर्वहारावर्गको नेतृत्व नहुँदा-नहुँदै पनि संसदीय प्रणाली कायम भएको देखिन्छ ।
कमल: कुनै देशमा पार्टीले संसदीय प्रणालीमाथि विश्वास गर्दैमा त्यसलाई प्रजातान्त्रिक शक्ति भन्न मिल्दैन । संसदीय प्रणाली त इंगलैण्ड र अमेरिकामा पनि छ, के तिनीहरुलाई प्रजातान्त्रिक प्रणाली भन्ने ? दक्षिण कोरियामा पनि संसदीय प्रणाली छ, के त्यसलाई प्रजातान्त्रिक प्रणाली सम्झने ? पहिले संसदीय प्रणालीका लागि सङ्घर्ष भन्नाले सामन्तवादका विरुद्ध तथा प्रजातन्त्रका लागि सङ्घर्ष बुझिन्थ्यो तर अब संसदीय प्रणालीको त्यो प्रकृतिले प्रतिक्रियावादी रुप लिइसकेको छ । त्यसकारण संसदीय प्रणालीलाई प्रजातन्त्रको पर्यायवाची सम्झने जनामा बितिसकेको छ । आजको युगमा वास्तवमा त्यही प्रणालीलाई प्रजातान्त्रिक सम्झनुपर्छ, जहाँ जनताको लोकशाही छ ।
पेमा: जनताको लोकशाही भनेको के हो ?
कमल: जहाँ जनताका दुश्मनका विरुद्ध जनताको अधिनायकत्व हुन्छ, त्यसैलाई जनताको लोकशाही भन्छन् । त्यसमा जनतालाई प्रजातन्त्र हुन्छ । क्रान्तिविरोधी शक्तिहरुलाई स्वतन्त्रताबाट व´्चित गरिन्छ । त्यसैले यो व्यवस्थालाई जनवाद नयाँ जनवाद भनिन्छ ।

क्रमश…

पेमाले रुस र चीनमा कसरी क्रान्ति सफल भयो ? भनेर सोध्छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here