पूर्वोत्तर भारतमा नगर सम्मेलन अभियान सम्पन्न

0
337

कोहीमा, ६ मई ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वाेत्तर भारत क्षेत्रीय समिति अन्तर्गत कोहीमा नगर समितिको छैठौं सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता धन बहादुर सुनारले र सञ्चालन भिम बहादुर श्रेष्ठले गर्नुभएको थियो । सम्मेलनमा उपस्थित जनसमुदायलाई अगन्धर लामीछानेले स्वागत गरेका थिए ।
सम्मेलनको उद्घाटन मूल प्रवाहका महासचिव खगेश्वर शर्माले गर्नुभएको थियो । शर्माले उद्घाटन मन्तव्यमा देशको समसामयीक राजनीतिक अवस्था र प्रवासी नेपालीहरुका समस्या बारे उजागार गर्नुभएको थियो ।
नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय अध्यक्ष अमित केसीले गर्नुभएको थियो । जसमाः अध्यक्ष– भिम बहादुर श्रेष्ठ, उपाध्यक्ष– कमल परियार, सचिव– खिम प्रसाद आचार्य, सहसचिव– प्रेम बहादुर सुनार र कोषाध्यक्ष– धन बहादुर सुनार रहेका छन् । त्यस्तै सदस्यमाः इन्द्र परियार, धन बहादुर विक, विष्णु परियार, राजकुमार शर्मा, अगान्धर लामीछाने, हरि विक, अमृत श्रेष्ठ, युवराज सुनार, वैकल्पिक सदस्यमाः चुरामणी परियार, दल बहादुर खत्री, चन्द्रकुमारी र फूलमाया विक रहेका छन् । त्यस्तै सम्मेलनले गम बहादुर सुनार, हिम बहादुर क्षेत्री, कुवेर लुइटेल, मोहनकुमार प्रधान, नाथुसिंह विक, जिरे ताम्राकार र कुमार ताम्राकारलाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ ।

लाडरुम्बई, ११ मई ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वाेत्तर भारत क्षेत्रीय समिति अन्तर्गत लाडरुम्बई नगर समितिको छैठौं सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले मोहन ठकुरीको अध्यक्षतामा नया“ समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– हरी केसी,  सचिव– श्याम राई,  सहसचिव– राम बहादुर राई र कोषाध्यक्ष– थानेश्वर राई रहेका छन् । त्यस्तै सदस्यहरुमाः गजेन्द्र शुब्बा, जय मगर, तिर्थ बहादुर मगर, सन्तमाया राई, विष्णु माया केसी, कृष्ण मायँ राई, टिका राई, वैकल्पिक सदस्यमाः दुर्गा माया क्षेत्री र धन बहादुर राई रहेका छन् । त्यस्तै सम्मेलनले विनोद राईलाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको ३ स्थान रिक्त राखिएको छ ।
सम्मेलन श्याम राईको सञ्चालन तथा मोहन ठकुरीको अध्यक्षताबाट अगाडि बढेको थियो । सम्मेलनमा सहभागिहरुलाई तिर्थ बहादुर राईले स्वागत गरेका थिए ।
समाजका महासचिव खगेश्वर शर्माले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । शर्माले सो अवसरमा प्रवासी नेपालीहरुको मताधिकार र सुरक्षाको सवालमा नेपाल सरकार सदा उदासिन रहेको बताउनु भयो । त्यस्तै देशको राजनीतिक अवस्था बारे पनि शर्माले चर्चा गर्नुभएको  थियो । नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय अध्यक्ष अमित केसीले गर्नुभएको थियो ।

जवाई, १२ मई ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वाेत्तर भारत क्षेत्रीय समिति अन्तर्गत जवाई नगर समितिको छैठौं सम्मेलन सम्पन्न भएको छ । ठानेश्वर पाण्डेको अध्यक्षता तथा अर्जुन खनालको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई गोपी सुनारले स्वागत गरेका थिए ।
सम्मेलनको उद्घाटन समाजका महासचिव खगेश्वर शर्माले गर्नुभएको थियो । एकता समाजको उदेश्य, राष्ट्रिय राजनीति अवस्था र पूर्वोत्तर भारतमा नेपालीहरुको अवस्था तथा एनआरसीको समस्या बारे शर्माले प्रष्ट्याउनु भएको  थियो ।
क्षेत्रीय  समितिका अध्यक्ष अमित केसीले नया“ समितिको घोषणा गर्नुभएको थियो । जसमाः अध्यक्ष– थानेश्वर शर्मा पाण्डे, उपाध्यक्ष– शालिकराम शर्मा, सचिव– अर्जुन खनाल, सहसचिव– गोपी सुनार र कोषाध्यक्ष– मधु शर्मा रहेका छन् । त्यस्तै सदस्यमाः राजु शर्मा, केशव पाण्डे, देवीराम गौतम, ज्ञान बहादुर तमाङ, विष्णु शर्मा, युवराज पन्थी, कृष्ण कंडेल, देनु अधिकारी, वैकल्पिक सदस्यमाः किशोर शर्मा, दामु लिम्बु र दिपक क्षेत्री रहेका छन् । त्यस्तै सम्मेलनले ज्ञान प्रसाद शर्मा, काली बहादुर क्षेत्री, हर्क बहादुर सुनार, गोपाल क्षेत्री र दिल बहादुर नेपालीलाई सल्लाहकार चयन गरेको छ ।
सोही सम्मेलनको अवसरमा महिला नगर विभाग पनि गठन गरिएको छ । जसमाः अध्यक्ष– माया“ पाण्डे, सचिव– हिरा क्षेत्री र कोषाध्यक्ष– जमुना खनाल रहेका छन् । त्यस्तै सदस्यमाः रमा क्षेत्री, माया मिजार, टंकमाया क्षेत्री, बाटुला जैशी, मिना थापा, लिला सुवेदी, गिता विश्वकर्मा, गोमा सुवेदी, लक्ष्मी प्रसाद, लक्ष्मी भट्टचार्य, दिलमाया“ शर्मा, मेरी थापा, गोमा लिम्बु, अन्जु राना, देवकला थापा, विना क्षेत्री, विष्णु थापा, रुपी दर्जी, विष्णु थापा, खिमा सुनार, मन्जु पाण्डे, पवित्रा पाण्डे, माया शर्मा, रनमाया तमाङ, रेशमा सुनार र रितु सुनार रहेका छन् ।

उमलाफेर, १८ मई ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वाेत्तर भारत क्षेत्रीय समिति अन्तर्गत कार्विआङलाङमा उमलाफेर नगर समितिको छैठौं सम्मेलन सम्पन्न भएको छ । शिव खनालको अध्यक्षता तथा बाबुल भुजेलको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई जीवन भुजेलले स्वागत गरेका थिए ।
सम्मेलनको उद्घाटन समाजका महासचिव खगेश्वर शर्माले गर्नुभएको थियो । सो उद्घाट समारोहमा लोकल तथा सरकारी गाउ“बुढाहरुको पनि उपस्थिति रहेको थियो । सम्मेलनले शिव खनालको अध्यक्षतामा १७ पूर्ण, ५ वैकल्पिक र ९ सल्लाहकार गरी ३१ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।
जसमाः उपाध्यक्ष– प्रकाश बुढाथोकी, सचिव– बाबुल भुजेल, सहसचिव– मिठम खड्का र कोषाध्यक्ष– जित बहादुर थापा रहेका छन् । त्यस्तै सदस्यमाः जीवन भुजेल, ज्ञानेन्द्र नेवार, नरेश थापा, भुवन सिंह भट्टराई, शंकर पौड्याल, परशुराम राई, प्रताप तामाङ, दुर्गा सुनार, यम बहादुर महत, पदमलाल शर्मा, गोविन्द विष्ट, नरेश क्षेत्री, वैकल्पिक सदस्यमाः कृष्ण पौडेल, बाबुल सुनार, छत्रहाङ सुब्बा, तिलविक्रम सुब्बा र दिल बहादुर खड्का रहेका छन् ।
त्यस्तै सम्मेलनले चन्द्र बहादुर खड्का, कृष्ण विष्ट, पूर्ण बहादुर खड्का, कृष्ण राना, चन्द्र गिरी, विपिन चार, नविन कटुवाल, दुर्गा अधिकारी र राजु दर्जीलाई सल्लाहकार चयन गरेको छ । नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय अध्यक्ष अमित केसीले गरेका थिए ।

गुवाहटी, २० मई ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वाेत्तर भारत क्षेत्रीय समिति अन्तर्गत गुवाहटी नगर समितिको भेला सम्पन्न भएको छ । समाजका महासचिव खगेश्वर शर्मा र क्षेत्रीय अध्यक्ष अमित केसीको विशेष उपस्थितिमा सम्पन्न भेलाले हरि प्रसाद सापकोटाको अध्यक्षतामा नया“ समिति चयन गरेको छ ।
जसमाः उपाध्यक्ष– शिव खनाल, सचिव– जीवन क्षेत्री, सहसचिव– अर्जुन भुजेल र कोषाध्यक्ष– दिल्लीराम न्यौंपाने रहेका छन् । त्यस्तै सदस्यमाः काशीराम सापकोटा, खेम महत, मोहन पौडेल, कृष्ण ठकुरी, शिवलाल शर्मा, दिल बहादुर खड्का, परशुराम कटुवाल, श्रमक जोशी, विष्णु शर्मा र लक्ष्मण गिरी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here