पाण्डेचेरीमा एरिया सम्मेलन सम्पन्न

0
194

पाण्डेचेरी, २ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचेरी नगर समिति अन्तर्गत दक्षिण टाउन एरिया समितिको २४ औं वार्षिक एरिया सम्मेलन सम्पन्न भएको छ ।

गोपाल गिरीको अध्यक्षता र आर. जनकराज शर्माको सञ्चालनमा अगाडि बढेको सो सम्मेलनमा हरिकला थापा र र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए । नगर अध्यक्ष के जनकराज पौडेलको प्रमुख आतित्थ्यता रहेको सो सम्मेलनमा केन्द्रीय सदस्य भगवती कुंवरको विशिष्ट आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सल्लाहकार सुर्य थापा, परिषद सदस्य चन्द्रकान्त शर्मा, क्षेत्रीय सदस्य एल डिल्ली प्र. शर्मा, नगर उपाध्यक्ष नरबहादुर केसी, सचिव– गोबिन्द शर्मा, महिला बिभाग विष्णु शर्मा, नगर सदस्य खड्का बहादुर कुंवरले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

प्रमुख अतिथि के जनकराज पौडेलले उद्घाटन गर्नु भएको सो सम्मेलनलाई समता बिभाग सदस्य सविता विक, रक्तीम विभागका संयोजक राजु थापा, राष्ट्रिय जनमोर्चा पर्वतका होम बहादुर लामिछाने, बिद्यार्थी नगर सचिव सुमन थापा, उत्तर टाउन एरिया समितिका नारायण जिसीले सम्मेलन सम्मेलन सफलताको शुभकामना दिनुभएको थियोे ।

सम्मेलनले गोपाल गिरीको अध्यक्षतामा १९ सदस्यीयको दक्षिण टाउन एरिया समिति चयन गरेको छ जसमाः उपाध्यक्ष– हरिकला थापा, सचिव– आर जनकराज शर्मा, सहसचिव– कृष्ण आचार्य र कोषाध्यक्ष– सुर्य थापा रहेका छन् । त्यस्तै सदस्यमाः गोबिन्द गौतम, अशोक बहिक, सविता बिक, गिता गिरी, कृष्ण अम्गाई, जमुना शर्मा, बिष्णु शर्मा, राजु पौडेल बैकल्पिक सदस्यमाः सुशीला केसी, नवीन कुमार बिक र सुमन थापा रहेका छन् । त्यस्तै सम्मेलनले गंगा बहादुर थापा (डिके), लालकुमार चौधरी र किरान क्षेत्रीलाई सल्लाहकार चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here