पाण्डेचेरीको १४ औं सम्मेलन सम्पन्न

0
269
पाण्डेचेरी, २३–२४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पाण्डेचेरी नगर समितिको १४ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय उपाध्यक्ष तथा क्षेत्रीय समितिका अध्यक्ष देव बहादुर लामिछानेले गर्नुभएको थियो ।
           लामिछानेले उद्घाटन मन्तव्यमा देशको समसामयिक राजनीतिक परिस्थितिको बारेमा र एकता समाजले भारत प्रवासमा खेलेको भूमिकाको बारेमा मन्तव्य दिनुभएको थियो ।
          एल डिल्ली प्रसाद शर्माको अध्यक्षता तथा गोविन्द शर्माको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई नर बहादुर केसी र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।
         केन्द्रीय सल्लाहकार सूर्य बहादुर थापा, रक्तिम क्षेत्रीय विभागका बालकृष्ण गायक, सितम्बरम नगर अध्यक्ष मोहराज शर्मा लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
           सम्मेलनले के जनकराज पौडेलको अध्यक्षतामा पाण्डेचेरी नगर समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– नर बहादुर केसी, सचिव– गोविन्द शर्मा, सहसचिव– राजु थापा र कोषाध्यक्ष– एल डिल्ली प्रसाद शर्मा रहेका छन् । त्यस्तै सदस्यमा: तिल प्रसाद शर्मा, विष्णु शर्मा, मेघराज शर्मा, चन्द्रकान्त शर्मा, खगराज शर्मा, गंगाराम शर्मा, वैकल्पिक सदस्यमा: खड्क बहादुर कुंवर र गम बहादुर विक रहनुभएको छ । त्यस्तै सम्मेलनले जमुना शर्मा, विनोद गायक, प्रिया कुंवर, राजेन्द्र जिसी र राजेन्द्र परियारलाई सल्लाहकारमा चयन गरिएको छ । केन्द्रीय सल्लाहकार सूर्यबहादुर थापाले नवनिर्वाचित समितिको घोषणा गर्नुभएको थियो ।
          प्रमुख अतिथि देवबहादुर लामिछाने, अतिथिहरु क्रमश: रक्तिम क्षेत्रीय विभागका मोहराज चालिसे, क्षेत्रीय विभागका वालकृष्ण गायक, विद्यार्थी विभागका नरबहादुर विक, प्रवासी नेपाली संघ केन्द्रीय सल्लाहकार टिका पौडेल, चिदाम्बरम नसका मोहराज शर्मा, पाण्डेचेरीका दुर्गा हमाल, प्रेम सुवेदी लगायतले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।
            घोषणा सभाको अध्यक्षता नर बहादुर केसीले र सञ्चालन गोविन्द शर्माले गर्नुभएको थियो । सम्मेलनमा उपस्थित जनसमुदायलाई रक्तिमका कलाकारहरु र राजु थापाले स्वागत गर्नुभएको थियो ।
         लामो समयदेखि नगर समिति र एरिया समितिमा रही काम गर्दै आउनु भएका हरिप्रसाद शर्मा र पार्वती शर्मालाई विदाई पनि सोही घोषणा सभामा गरिएको थियो । कार्यक्रमको अन्तमा रक्तिमका कलाकारहरुबाट भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here